सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्षमा अमृता अनमोल

बुटवल । सञ्चारिका समूह लुम्बिनी प्रदेशको अध्यक्षमा अमृता अनमोल चयन भएकी छिन् ।
सञ्चारिका समूह लुम्बिनी प्रदेशको तेश्रो साधारण सभा एवं प्रथम अधिवेशनबाट सर्वसम्मत रुपमा अनमोल अध्यक्षमा चयन भएकी हुन् ।
जसको उपाध्यक्षमा उपाध्यक्ष रुपा गहतराज, महासचिब मेनका चौधरी, सचिव माया केसी, कोषाध्यक्ष उषाकिरण पन्त चयन भएका छन् ।
यस्तै सदस्यहरुमा गीता ज्ञवाली, रेनुका गिरी, रञ्जीता अधिकारी, लक्ष्मी तिमिल्सेना, अनिता खत्री, विष्णु खनाल, सरिता चौधरी र रिया बस्नेत लगायत चयन भएका छन् ।