मणि उजेशद्वारा बुटवलमा मधुमेह सचेतना कार्यक्रम
बुटवल, १८ पुस । पछिल्लो समय खानपान तथा ब्यस्त जीवनशैलीका कारण मधुमेह रोगका बिरामीको संख्यामा वृद्धि भएको भन्दै चिकित्सकहरुले ब्यस्त मानव जीवनशैलीलाई सामान्य बनाउन सुझाव दिएका छन् । विभिन्न प्रायोजनका कारण मानव अति ब्यस्त बन्ने र खानपान तथा जीवनशैलीलाई आधुनिकतामा ढाल्ने गरेका कारण मधुमेह रोगको जोखिम बढ्दै गएको चिकित्सकहरुले बताएका हुन् । लायन्स क्लव अफ बुटवल मणि उजेशले बुटवलमा गरेको अन्तरसम्वाद कार्यक्रममा सहभागि भएका वरिष्ठ चिकित्सकहरुले मधुमेह (डायविटीज) रोग बारे सचेत रहन आग्रह गरेका हुन् । रुपन्देहीका झण्डै एक दर्जन क्रियाशिल लायन्स क्लवहरुको सहकार्यमा भएको कार्यक्रममा बुटवलमा आधा दर्जन वरिष्ठ चिकित्सकहरुबीच मधुमेहको कारण र जोखिम र रोकथामका बारेमा छलफल गराइएको थियो । मणि उजेशका अध्यक्ष डाक्टर शान्ता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठक, डाक्टर बिबी राउत, बालरोग विशेषज्ञ डाक्टर सन्तोष पोखरेल, डाक्टर महेशराज घिमिरे, डाक्टर सुन्दर पाण्डे, डाक्टर निशान्त ठाकुर लगायतले मधुमेह हुनुका कारण र रोकथामका उपाय बारे आआफ्ना भनाई राख्नु भएको थियो । सो अवसरमा चिकित्सहरुले जीवनशैलीलाई सामान्य बनाउदै स्पाइसी, तारेका, बढि कार्वोहाईटेड भएका खानपानलाई ब्यवस्थापन गर्ने र वयाम तथा योगलाई बढी जोड दिनु पर्ने सुझाव दिनु भएको थियो । लायन्स इन्टरनेशन ३२५ पीका गर्भनर नवराज न्यौपानेको प्रमुख आतिथ्यता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको आतिथ्यतामा भएको कार्यक्रमको संचालन मणि उजेशका सचिव पुष्पा कण्डेल र डाक्टर शर्मिला गुरुङले गर्नु भएको थियो । कार्यक्रम लायन्स सयपत्री, लायन्स सिद्धबाबा भृकुटी, लायन्स शंकरनगर बाटीका, लायन्स लोटस, लायन्स सिद्धार्थ, लायन्स शान्तिदीप र लायन्स कालिकाको सहकार्यमा मधुमेह सचेतना कार्यक्रम भएको हो ।
लेखकको सम्वन्धमा