“द्वन्द्वपिडितले न्यायको लागि एकै किसिमको आवाज उठाउनुपर्छ “
बुटवल, १९ पुस।
संक्रमणकालिन समयमा द्वन्द पीडितहरुलाई उचित ब्यवस्थापन गर्न सरोकारवालाले माग गरेका छन। उनीहरूले द्वन्द्वको कारणले धेरै परिवारको अस्तब्यस्त भएको बताउदै सत्यतथ्य जाँच एव परिवारहरुलाइ रोजगारीको ब्यवस्थापन गर्नुपर्ने माग गरेका हुन।
बुटवलमा आयोजित नेपालको संक्रमणकालिन न्यायमा मेलमिलको राष्ट्रिय खाका सम्बन्धि बैठकमा बोल्ने बक्ताहरुले द्वन्द पिडितहरुलाइ न्याय प्रदान गर्नुपर्ने बताएका हुन।
घटनाको सत्यतथ्य जाच, परिवारलाई उचित रोजगारीको अवसर लगायतका कुराहरुलाई जोडदार माग गर्नुपर्ने बताएका हुन।
कार्यक्रममा मानव अधिकारको लागि महिला, एकल महिला समूह लुम्बिनी प्रदेश अध्यक्ष जानुका घिमिरे,रुपन्देही अध्यक्ष राधिका श्रेष्ठ, कानुन ब्यवसायी ईन्दिरा आचार्य, नेपाल फोरम फर रिस्टोरेटिभका कार्यक्रम संयोजक शुभनारायण यादब, कार्यक्रम अधिकृत सालिनी धिताललगायतले बोलेका थिए।
नेपाल फोरम फर रिस्टोरेटिभको आयोजना तथा निष्पक्ष द्वन्द पीडित समुहको समन्वयमा मंगलबार बुटवलमा आयोजित बैठकमा बुटवल र सैनामैनाका द्वन्द्व पीडितहरुको सहभागीता रहेको मानव अधिकारको लागि महिला, एकल महिला समूह रुपन्देही सचिव रिता सेनले जानकारी दिइन।
कार्यक्रममा नेपालको संक्रमणकालिन न्यायमा मेलमिलाप र पुनस्थापकीय न्यायको बारेमा नेपाल फोरम फर रिस्टोरेटिभका सस्था अध्यक्ष राम तिवारीले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा न्यायको क्षेत्रमा भएका कामहरुको बारेमा बताएका थिए।
लेखकको सम्वन्धमा