चर्चामा

“द्वन्द्वपीडितलाई न्याए दिएर घाउमा मलम लगाईदिउ”

“द्वन्द्वपीडितलाई न्याए दिएर घाउमा मलम लगाईदिउ”
0 0
Read Time:4 Minute, 44 Second

बुटवल, २० पुस।
संक्रमणकालिन तथा द्वन्द्वपीडितलाई न्याए दिएर घाउलाई मलम लगाउनपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन।नेपाल पुनस्थापकीय न्याय मन्चको आयोजना तथा निष्पक्ष द्वन्द पीडित समुहको समन्वयमा बुधबार बुटवलमा आयोजित बैठकमा बोल्ने बक्ताहरुले द्वन्द्वको समयमा पाएका समस्या अब बल्झाउने तर्फ नभई सल्ट्याउनेतर्फ लैजानुपर्नेमा जोड दिएका हुन।
उनीहरुले द्वन्द्वको समयमा भएका घटनामा परिपुरण रदान गरि संघीय सरकाले नेतृत्व गरेर प्रदेश र स्थानीय तहलाइ साथमा लिएर हिड्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका ८ अध्यक्ष यज्ञ पंगेनीले स्थानिय सरकार अन्र्तगत वडाको जिम्मेवारी सम्हालेको छोटो समय भएकालेपनि जनताले सोचेझै काम गर्न नसकिएको बताए । पंगेनीले द्धन्द्धपीडितका समस्या समाधानमा वडाको तर्फबाट पहल गरेर समाधान हुने बिषयमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

इलाका प्रहरी कार्यलय बुटवलका डिएसपि दानबहादुर थापाले प्रहरीले मानव अधिकारको रक्षा गर्दे काम गर्ने बताए। थापाले प्रहरी संगठन भित्रको क्षमता अभिबृद्धि,समाजमा देखिएका बिभिन्न नराम्रा गतिबिधिको निगरानी र प्रचलनमा रहेका कानुन कार्यन्वयन संगै निष्पक्ष र पारदर्शीढंगबाट काम गरिरहेको जानकारी दिए ।
राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका इन्द्रजित शाहनीले संक्रमणकालिन अवस्था छोटिदै जानुपर्नेमा झन लम्बिदै गएको बताए। अन्य मुलुकमा यस्ता समस्या छोटो समयमा समाधान हुने गरेको उदाहरण दिदै शाहनीले यही तरिकाले द्धन्द्ध पीडितको मुद्धाहरु समाधानमा ढिलाई हुदै गए समस्या समाधानमा बर्षौ समय लाग्ने बताए।
आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशका कानुन अधिकृत सीता घिमिरेले प्रदेश सरकारले द्धन्द्धमा घाईते भएकाहरुका लागी ४ बर्षदेखि स्वास्थ्य उपचार सेवा उपलब्ध गराएको जानकारी दिईन । द्धन्द्ध परिपूरण सम्बन्धी कानुन निर्माणका लागी अवधारणापत्र पास भएको बताईन ।
बुटवल उपमहानगरपालिका भित्र ३२ घरपरिवार द्धन्द्धपीडित रहेका छन् । कार्यक्रमका सहभागीहरुले सम्मन सहितको परिपूरणको माग गरेका छन् ।
कार्यक्रममा नेपालको संक्रमणकालिन न्यायमा मेलमिलाप र पुनस्थापकीय न्यायको बारेमा नेपाल नेपाल पुनस्थापकीय न्याय मन्चका अध्यक्ष राम तिवारीले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा न्यायको क्षेत्रमा भएका कामहरुको बारेमा बताएका थिए।
उनले संघीयता कार्यान्वयनमा द्वन्द्वकालिन न्यायको विषयमा संघ, प्रदेश र स्थानीय तहले गर्न सक्ने र गरेका कामहरूको बारेमा पनि जानकारी गराएका थिए।
कार्यक्रममा बुटवल ११ जनप्रतिनिधि माया दर्नाल,मानव अधिकारको लागि महिला, एकल महिला समूह लुम्बिनी प्रदेश अध्यक्ष जानुका घिमिरे,रुपन्देही अध्यक्ष राधिका श्रेष्ठ, सचिव रिता सेन, सञ्चारीका समूह रुपन्देही अध्यक्ष निरा गौतम, लैङ्िगक तथा अल्पसंख्यक समुदायकि आधिकार्कर्मी आनिक राना, बेपत्ता परिवारको तर्फबाट राधा पौडेल, नेपाल पुनस्थापकीय न्याय मन्चका कार्यक्रम संयोजक शुभनारायण यादब, कार्यक्रम अधिकृत सालिनी धिताललगायतले बोलेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement