उच्चशिक्षामा बिदेसिने र स्वरोजगार बन्ने सजिलो पेसा ‘बार्बर’

उच्चशिक्षामा बिदेसिने र स्वरोजगार बन्ने सजिलो पेसा ‘बार्बर’
1 0
Read Time:8 Minute, 45 Second

बुटवल, २२ पुस ।
बुटवल देबिनगर घर भएका १९ वर्षीय सरु गुरुङ यति बेला बार्बर सिकिरहेका छन् । उच्चशिक्षा हासिल गर्नको लागि सिड्नी अस्ट्रेलिया जान लागेका उनको अफर लेटर पनि आएको छ। तर त्यहाँ आफ्नो अध्ययन सँगै काम पनि गर्नुपर्ने भएकोले काम सिक्न बुटवलको समृद्धि हेयर ड्रेसिङ सलुन एण्ड एकेडेमीमा पुग्छन् । आफूले काम सिक्नको लागि आफ्ना मान्छेहरू लिएर कपाल काट्न सिकिरहेका छन् ।

उनी भन्छन्,‘जुलाई तिर जाने हो सिड्नी,मेरो दाइ विदेश नै हुनुहुन्छ । उहाँले केही सिप सिकेर आऊ भन्नुभयो त्यसमा पनि बार्बरको राम्रो स्कोप भएकोले यही सिक्दैछु । ’ साइड जबको लागि काम सिकेर जाँदा सजिलो हुने भएकोले विगत १ महिना देखी आइरहेको उनले बताए । उनले आफूमा कामहरूको सीप भएमा सहज तरिकाले राम्रो आम्दानी गर्न सकिने भएकोले काम सिकिरहेको उनको तर्क छ ।
गुरुङ मात्रै होइन बार्बर सिक्नकै लागि झापाबाट बुटवल आएका २० वर्षीय पप्पु ठाकुर सकेसम्म स्वदेशमा नै केही काम गर्ने योजनामा रहेको सुनाउँछन् । उनले सामाजिक सञ्जाल टिकटकको माध्यमबाट राम्रो तरिकाले तालिम दिएको देखेर यती टाढा बुटवल आएको बताउँछन् ।
आफ्ना नजिकका मान्छेहरू यहाँ नभए पनि डमीको कपाल काटेर उनले कामहरू सिकिरहेका छन् । स्वदेशमा सलुन व्यवसाय सञ्चालन गर्न नसकेमा विदेश गए पनि राम्रो आम्दानी हुने भएकोले गुणस्तरीय सीप आर्जन गर्न समृद्धिमा आएको उनको भनाई छ ।

विदेशमा पनि राम्रो अवसर
वैदेशिक रोजगारी तथा उच्च शिक्षा अध्ययनमा गइरहेकाहरूलाई सीप बिना कामहरु गर्न गाह्रो हुने भएकोले सजिलो र आम्दानी राम्रो गर्न सकिने सीप बार्बर सिकेर जानु राम्रो हुने बताउँछन् समृद्धि हेयर ड्रेसिङ सलुन एण्ड एकेडेमी बुटवलका सञ्चालक मोहन ठाकुर ।
नेपालमा स्वरोजगार हुन र विदेशमा गएर जागिर तथा व्यवसाय सञ्चालन गर्नको लागि हेयर कटिङ -बार्बर) र हेयर केमिकलको काम निकै राम्रो भएको बताउँदै सञ्चालक ठाकुरले लगानी थोरै गरेर आम्दानी मनग्ये हुँदा यो सिपमा आकर्षण बढिरहेको बताउँछन् ।
‘बार्बर वा हेयर कटिङ र हेयर केमिकलको काम निकै राम्रो स्कोप भएको क्षेत्र हो । सीप नभएका व्यक्तिहरूलाई रोजगारीको कुनै समस्या नै छैन । नेपालमा धेरै स्वरोजगार बनिसक्नुभएको छ भने विदेशमा गएकाहरूले पनि अहिलेसम्म काम पाएनौ भन्ने गुनासो गर्नुभएको छैन ।’उनी भन्छन्,‘ हामीले बुटवलबाट सिकाउँदा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै सिकाउँछौ। किनकि म आफैले पनि विदेशबाट सिकेर आएको हो । हुन त मैले आफ्ना पुर्खौली पेसालाई परिष्कृत गरेको हो तर मैले धेरै कुराहरू विदेशबाट सिकेको छु । त्यही भएर पनि होला म सँग सिक्न आउनेहरू सबै उत्कृष्ट होउन् भन्ने चाहन्छु। ’

सुन्दर हुन सबेलाई मन लाग्ने तर्क गर्दै उनले बार्बरको काम भनेकै व्यक्तिगत स्वास्थ्य र सुरक्षासङ प्रत्यक्ष जोडिने भएकोले पनि यो व्यवसाय कालान्तरसम्म पनि चलिरहने तर्क गर्छन् । उनी भन्छन्,‘नङ तपाईँले घरमै काट्न सक्नुहुन्छ, कपाल त सक्नुहुन्न नि! यो सर्वसुलभ पैसा नै रहन्छ । कपाल नकाटी कोही बस्न पनि सक्दैन, दारी पनि मिलाउनुपर्छ । जस्तोसुकै अवस्थामा पनि यो काम चलिरहन्छ ।’
बार्बर तथा सलुन व्यवसाय परिश्रममूलक व्यवसाय रहेको तर्क सञ्चालक ठाकुरको छ । तीन महिने सीप सिकेर ८-१० लाख रुपैयाँ लगानी गरेर व्यवसाय सञ्चालन गर्दा ८० हजार देखी १ लाख सम्म मासिक बचत गर्न सकिने उनको दाबी छ । १४ लाखको लगानीमा तीन वर्षअघि स्थापना भएको एकेडेमीले २ सय बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको ठाकुरको दाबी छ । तालीम लिनेहरू ३० वर्ष उमेर समूह भित्रका रहेको बताउँदै उनले यहाँ तालीम लिएर आफ्नै व्यवसाय सञ्चालन गर्नेहरू पनि सफल देखिएको दाबी छ ।

बुटवलको अमर पथ सिंह कम्प्लेक्समा रहेको समृद्धि हेयर ड्रेसिङ सलुन एण्ड एकेडेमी बुटवलको पहिलो र व्यवस्थित सलुन र एकेडेमी हो ।

सन्तुष्ट छन् व्यवसायीहरु
बार्बर सीप सिकेर कपिलवस्तु चार नम्बर जितपुरमा सलुन सञ्चालन गर्दै आएकी सन्ध्या न्यौपाने यो पेसाप्रति सन्तुष्ट छिन् । कस्मेटिक व्यवसायबाट आम्दानी निकै राम्रो हुने भए पनि धेरै दुख हुने भएकोले सलुन व्यवसायतर्फ आकर्षित भएकी हुन् । भौतिक संरचना र सामाग्रीहरूसहित गरी १९ लाख लगानीमा २०७९ असारमा सुरु गरेकी २८ वर्षिया न्यौपानेले दैनिक ५ हजारको सेरोफेरामा आम्दानी गरिरहेकी छन् ।
उनले बुटवलमा रहेको समृद्धि हेयर सलुनको फ्रेन्चाईज समेत लगेर ३ जनालाई प्रत्यक्ष रोजगारी समेत दिई रहेकी छन् । उनी भन्छिन्‘कस्मेटिक गर्दा सामान ल्याउँदा निकै दुख थियो । यता लगानी गरेर राम्रो आम्दानी भइरहेको छ । सन्तुष्ट छ ।’
यस्तै नवलपरासी पश्चिम बर्दघाट कि २७ वर्षिया गंगा थापा पनि यति बेला बार्बर(सलुन) सीप सिकेर स्वरोजगार बनेकी छन् । पहिले सामान्य पार्लरमा काम गर्दै आएकी उनले एकेडेमीबाट सीप सिकेर सलुन सञ्चालन गरिरहेकी छन् । ३ जनालाई प्रत्यक्ष रोजगारी दिई रहेकी उनले दुई महिना सीप सिकेर १८ लाखको लागतमा सलुन सञ्चालनमा ल्याएकी हुन् । उनी भन्छिन्, ‘मैले पहिले पार्लरमा काम गर्दथे। केही सामान्य कुराहरू त थाहा थियो । तर दुई महिना सीप सिकेँ, त्यसपछि नै व्यवसाय सञ्चालन गरेँ । अहिले राम्रो आम्दानी भइरहेको छ । एकदमै खुसी छु ।’
यता कस्मेटिक होलसेल सञ्चालन गर्दै आएकी दाङकी २९ वर्षीय पूजा खनालले पनि समयको मागले दाङबाट सेवा दिने गरी सलुन सञ्चालन गरेकी छन् । ५०—६० लाखको लगानीको व्यवसायलाई साइडमा राखेर १० लाखको लगानीमा सलुन व्यवसाय सञ्चालन गरेकी छन् । सामाग्री ल्याउन निकै दुख र उधारो कारोबारको समस्या देखिएको बताउँदै राम्रो आम्दानी गर्न सकिने भएकोले व्यवसाय परिवर्तन गरेको उनको भनाई छ । २ जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिई रहेकी खनालले मासिक ५० हजार नाफा कमाई रहेकी छन् । सलुन अझै फुलफेजमा सञ्चालनमा आई नसकेको अवस्थामा पनि राम्रै आम्दानी भइरहेकोले सन्तुष्ट रहेको उनको भनाई छ ।
शिलापत्रको सहयोगमा

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
75 %
Sleepy
Sleepy
0 %
Angry
Angry
25 %
Surprise
Surprise
0 %

Advertisement