नीति निर्माणमा तथ्यांकको प्रयोग बढाउनुपर्नेमा जोड
बुटवल । स्थानीय तह, प्रदेश र संघीय सरकारले नीति निर्माणमा तथ्यांकको प्रयोगको अवस्थाको बारेमा नागरिक समाजका बिचमा अन्तरक्रिया सम्पन्न भएको छ । बुधबार फ्याक्ट नेपालको आयोजनामा बुटवलमा आयोजिनत कार्यक्रममा बोल्ने नागरिक समाजका प्रतिनिधिहरुले तीन तहकै सरकारले तथ्यांकहरुको सहि प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्ने नागरिक समाजका प्रतिनिधिहरुले तीनवटै सरकारले प्रचारमुखी तथ्यांकहरुलाई मात्रै बाहिर ल्याउने गरेको बताउँदै आफुमाथी प्रश्न उठ्ने कुरालाई दबाउने गरेको बताए । उनीहरुले तथ्यांकको प्रयोग बढाउनको लागि आवश्यक कामहरु गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे, इन्द्रेणी ग्रामीण बिकास केन्द्रका प्रतिनिधि, शिक्षक एव मानव अधिकारकर्मी दिपक ढकाल, स्वास्थ्य पत्रकार चन्द्रकान्त खनाल, नेपाल पत्रकार महासंघ रुपन्देही सदस्य प्रदीप आचार्य, द यसिया फाउण्डेसनका लुम्बिनी प्रदेश संयोजक गोबिन्द बस्नेत, फ्याक्ट नेपालका फिल्ड रिसर्चर कमला शर्मा, कृति न्यौपाने लगायतले बोलेका थिए ।
लेखकको सम्वन्धमा