जिल्लास्तरीय एभरेष्ट कपको फाइनल आइतबार

जिल्लास्तरीय एभरेष्ट कपको फाइनल आइतबार
0 0
Read Time:2 Minute, 48 Second

बुटवल, ७ माघ । बुटवलमा जारी आठौं जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्र–छात्रा भलिबल प्रतियोगिताको फाईनल खेल आइतबार हुने भएको छ । एभरेष्ट इङलिस माविको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा आइतबार छात्र–छात्रा दुवैतर्फको फाईनल खेल हुने भएको हो । शनिबार सम्पन्न क्वाटरफाईनलबाट छात्र–छात्राका चार–चार समूह सेमिफाईनलमा प्रवेश गरेका छन् । सेमिफाईनलमा प्रवेश गरेका समुहबीच आइतबार बिहान हुने खेलपछि फाईनल चरणका खेलहरु दिउसो हुने आयोजक विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो । शनिबार भएका छात्रछात्राका आठ खेलबाट सेमिफाईनलका लागि चार–चार समुह प्रवेश गरेका हुन् । शनिबार प्रतियोगितामा छात्रतर्फ मणिमुकुन्दले दीपलाई २–० ले पराजित गरेको छ भने सेन्टजोसेफले एभरेष्टलाई २–१ हराएर सेमिफाईनलमा प्रवेश गरेको हो । यस्तै न्यु होराइजनले नहरपुर माविलाई २–० ले र कुँवरवर्तीले नवज्योतिलाई २–० ले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो । त्यसैगरी छात्रातर्फ एभरेष्टले इन्भारमेन्टलाई २–० ले, दीपले कान्तिलाई २–० ले, न्यु होराइजनले सेन्ट जोसेफलाई २–० ले र कुँवरवर्तीले नवज्योतिलाई २–० ले हराउँदै सेमिफाईनलको यात्रा तय गरेको भलिवल प्रशिक्षक अर्जुन घिमिरेले जानकारी दिनुभयो । उहाँले आइतबार सेमिफाईनलका र सेमिफाईनलपछिका फाईनल खेल हुने जानकारी दिनुभयो । प्रतियोगितामा छात्रछात्रातर्फनै विजयी हुनेले २०/२० हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पर्ने विद्यालयका शिक्षक माधव पौडेलले जानकारी दिनुभयो । यसैगरि उपविजेता टिमलाई नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा तृतिय टिमलाई नगद १० हजार रुपैया, रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा छात्रतर्फ १९ र छात्रातर्फ १० टिमले भाग लिएका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement