‘अल्लो’का उत्पादनमा लुकेको ‘राष्ट्रियता’

‘अल्लो’का उत्पादनमा लुकेको ‘राष्ट्रियता’
0 0
Read Time:5 Minute, 7 Second

बुटवल । बुटवल १७ मोतिपुरका ७२ वर्षीय कपिलदेव पाण्डे सोमबार बिहान ११ बजे नै श्रीमतीलाई मेला घुमाउन लुम्बिनी एक्स्पो २०८० मा ल्याएका थिए।

एक्स्पोमा श्रीमतीलाई सँगै लिएर आएका उनी आज राष्ट्रिय टोपी दिवसमा टोपी लगाउन मन लागेर अल्लोको टोपी किन्न थाले। चिनारी महिला साझेदारी अल्लो उद्योग समूहले उत्पादन गरेका तयारी पोसाकको स्टलमा उनले टोपी लगाउँदै श्रीमतीको राय माग्दै थिए।

उनी मात्रै होइन पछिल्लो केही दिन यता चिसो बडेसँगै अल्लोबाट बनेका तयारी पोसाक लगाउन आउनेको रुचि बढेको बताउँछिन् । चिनारी महिला साझेदारी अल्लो उद्योग समूह दाङ घोराही अध्यक्ष प्रेम कुमारी पुन ।

विगत २१ वर्षयता निरन्तर रूपमा अल्लोका उत्पादनहरूको प्रवर्द्धन र बजारीकरण गर्दै आएकी पुनले बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पोमा चिसो बढेपछि कारोबार बढेको उनी बताउँछिन्।

अल्लो तथा हेम्प उद्योगी महिला समूह भनेर ६ जनाको समूहले दर्ता गरेर यसलाई अझै व्यवस्थित गर्दै जाने योजना रहेको उनले बताइन। रोल्पा तथा रुकुमबाट कच्चा पदार्थ ल्याएर उत्पादन हातको प्रयोगबाट उत्पादन हुने अल्लोबाट जुत्तादेखि टोपीसम्म तथा , मोबाइल ब्याग देखि स्कुल ब्याग, जुआरी कोट तथा कपडा,क्यामेरा ब्याग, स्कार्प, ठुला ठुला प्याकेजिङ ब्यागहरू उत्पादन भइरहेको बताइन।
लुम्बिनी एक्स्पोमा १२५ देखि ७ हजार सम्मको सामाग्री राखिएको उनले जानकारी दिइन।

कोभिड देखि पहिला धेरै राम्रो बजार रहेको बताउँदै उनले उत्पादन अनुसार खपत भए पनि त्यसपछि बिस्तारै अवस्था खराब भएको बताइन।
अहिलेको अवस्थामा कारोबार भन्नू नै मेला महोत्सव रहेको बताउँदै बिचमा मेला महोत्सव नहुँदा समस्या परेको बताइन। लुम्बिनी एक्स्पोमा  झोला, टोपी, कोट कपडा र जुत्ता धेरै बिक्री भइरहेको जानकारी दिइन।
उनले स्वदेशी उत्पादनको प्रचार प्रसारमा ध्यान दिइरहेको बताइन। ‘अहिले हामीले कमाई हेरेका छैनौ, प्रचार हेरेका छौ। प्रचारका क्रममा पनि हाम्रा उत्पादन बिक्री हुँदा सञ्चालन खर्च उठिरहेको हुन्छ।’ – उनले भनिन, ‘लुम्बिनी एक्स्पो जस्ता मेलाको माध्यमबाट देशव्यापी प्रचार भएको छ। यसबाट भविष्यमा राम्रो प्रतिफल आउनेमा आशावादी छौ।’
समय र ठाउँ अनुसारको मूल्य कच्चा पदार्थको मूल्य फरक फरक हुने बताउँदै उत्पादित सामाग्रीको मूल्य भने एक राख्नुपर्ने बाध्यता रहेको बताइन। उनले स्वदेशी उत्पादनको प्रचार प्रसार र रोजगारी प्रदान गर्ने काम भइरहेको बताइन।
उनले सबै काम हातले गर्नुपर्ने बताउँदै आफूले डिजाइन र आइडिया दिने बताउँदै ४५ जनालाई उत्पादन देखि बजारीकरण सम्म प्रत्यक्ष रोजगारी दिइएको बताइन।
यसमा अहिले सम्म आउँदा ६० लाख जति लगानी पुगेको बताइन।
उनले अल्लोका तयारी पोसाक भित्र राष्ट्रियता लुकेको बताउँदै उनले हरेक ड्रेसअपमा न्यूनतम १ सामाग्री अल्लोको प्रयोग गरेमा पनि राष्ट्रियता प्रदर्शन हुने उनको दाबी छ। नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न सबैले स्वदेशी उत्पादनको खपत गरेमा देशको अर्थतन्त्र समेत चलायमान हुने दाबी गरिन।
स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार,सहर देखी गाउँसम्म व्यापार बिस्तार भन्ने मूल नाराका साथ पुस ५ गतेदेखि सञ्चालन मेला पुस १८ गतेसम्म चल्नेछ।
मेलामा १० लाख दर्शकलाई अवलोकन गराई ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको  संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement