अर्घाखाँची समाज जापानको अध्यक्ष केसी, महासचिवमा आचार्य सर्वसम्मत

अर्घाखाँची समाज जापानको अध्यक्ष केसी, महासचिवमा आचार्य सर्वसम्मत
0 0
Read Time:4 Minute, 42 Second

जापान ।अर्घाखाँची समाज जापानको कृष्ण के.सीको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। टोकियोमा भएको पाँचौँ अधिवेशनले केसीको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिका संयोजक बाबुराम पौडेलले जानकारी दिए।

Advertisement

जसको उपाध्यक्षमा नारायण भुसाल, संगीता थापा,टोप ब. घर्ती मगर, गोविन्द विष्ट, मनीष खनाल महासचिव अर्जुन आचार्य, सचिव अभिनाश जी.सी, सरोज भुसाल, असीम खनाल कोषाध्यक्ष निरञ्जन खड्का सह-कोषाध्यक्ष केशव रेग्मी रहेका छन्।
महिला संयोजकमा मधु क्षेत्री, विद्यार्थी संयोजक नारायण भट्टराईलाई चयन गरिएको छ।

कार्यसमिति सदस्यहरूमा फन ब. पुन, दिल प्र. श्रेष्ठ, चेतनारायण थापा, मनोज खनाल, भगीरथ खनाल, मार्सल रायमाझी, दिनेश थापा, राजीव पछाई, चेतन घर्ती मगर, दिली रेग्मी, मिना थापा, कमला केसी, धर्मराज पौडेल र शंकर रायमाझी निर्वाचित भएका छन् भने बाँकी ३ सदस्य कार्यसमितिले मनोनीत गर्ने छ।

निर्वाचन समितिले निर्वाचनको प्रक्रिया अन्तर्गत सर्व सहमतिका लागी आगामी कार्यसमितिका पदाधिकारी एवम् सदस्यको नाम प्रस्ताव गरेको थियो।

जापानका लागी नेपाली राजदूतावासका राजदूत डा. दुर्गा बहादुर सुबेदीको प्रमुख आतिथ्ययतामा आयोजित कार्यक्रममा बोल्दै सुबेदीले समाजका गतिविधि अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्दै प्रवासमा समाजको महत्वका विषयमा बताउँदै जिल्लाबाट आउनेहरूको लागि सहजीकरण गर्न सुझाएका थिए।

कार्यक्रममा नेपाली व्यवसायी संघ जापानका अध्यक्ष बिजेश थकालीले जापानमा रहेका संघ संस्थाले खेलेका भूमिका विषयमा चर्चा गरेका थिए।

नेपाल पत्रकार महासंघ जापान शाखाका उपाध्यक्ष इन्दिरा खनालले समाजले गरेका अनुकरणीय कामको प्रशंसा गर्दै आगामी दिनमा पनि पत्रकार महासंघ जापानले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन।

कार्यक्रममा प्रमुख अतिथि राजदूत सुबेदीले समाजको १० लाखको अक्षयकोषको स्थापना शुभारम्भ गर्नुका साथै नव निर्वाचित कार्य समितिलाई प्रमाणपत्र तथा ७६ जना आजीवन सदस्यलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए।
अक्षयकोष स्थापनाको पृष्ठभूमि र उद्देश्यको बारेमा निवर्तमान अध्यक्ष दीपक थापाले जानकारी गराएका थिए।
३ सेसनमा सम्पन्न कार्यक्रमको उद्घाटन सत्र समाजका अध्यक्ष दीपक थापाको अध्यक्षता महासचिव नारायण भुसालको सञ्चालनमा भएको थियो।

उद्घाटन सत्रमा समाजका उपाध्यक्ष नेत्र प्र. पन्थीको स्वागत तथा समाजका संरक्षक बाबुराम पौडेलले विगत देखी आज सम्म समाजका गतिविधि, उपलब्धि एवम् आगामी दिनमा समाजले गर्नुपर्ने कामको विषयमा चर्चा गरेका थिए।

निवर्तमान अध्यक्ष दीपक थापाले २०२१/२३ कार्यकालमा भएका समाजका गतिविधिका विषयमा जानकारी गराएका थिएन।
बन्द सत्रमा निवर्तमान महासचिव नारायण भुसालले साङ्गठनिक प्रतिवेदन, निवर्तमान कोषाध्यक्ष टोप ब. घर्ती मगरले आर्थिक प्रतिवेदन र निवर्तमान सचिव अर्जुन आचार्यले विधान संशोधन प्रस्ताव पेस गरेका थिए।

खुला सत्रको सञ्चालन नव निर्वाचित महासचिव अर्जुन आचार्यले गरेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %