स्लो बाईक रेसमा बिनोद प्रथम
- सत्यदीप सन्देश संवाददाता
- पुस १८, २०८०
- 276 Shares
बुटवल । अनेरास्ववियु बुटवल बहुमुखि क्याम्पस कमिटिले स्लो रेस वाईक प्रतियोगिता सम्पन्न गरेको छ । क्याम्पसको प्राङगढमा गरिएको उक्त कार्यक्रममा बिनोद कालिराज प्रथम, कैलाश कुमार चौरसिया द्धितिय र बिशाल जङ थापाले तृतिय स्थान हासिल गर्नुभएको छ । त्यस्तै स्कुटी तर्फको रेसमा प्रथम अमर पराजुली, द्धितिय रन्जन बेल्बासे र तृतियमा राजिब पोखरेल बिजय भएको अनेरास्वबियु बुटवल क्याम्पस कमिटि सचिव तथा कार्यक्रम संयोजक कुशल तिवारीले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेरास्ववियु रुपन्देही जिल्ला अध्यक्ष भरत अर्यालले अनेरास्ववियुले विद्यार्थी अन्तरनिहित क्षमता बिकासको निम्ती बिभिन्न रचनात्मक काम गर्दै आएको बताए । बिद्यार्थीहरुलाई संगठनमा प्रत्यक्ष जोड्ने गरि विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको अर्यालले बताए । कार्यक्रममा क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपाने, स्वतन्त्र बिद्यार्थी युनियनका सभापति दुर्गा बहादुर एम सि लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम क्याम्पस कमिटि उपाध्यक्ष जिडि शिखरको अध्यक्षता सचिब कुशल तिवारीको संचालन तथा शसाङक बस्यालको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा बिजेतालाई नगद सहित पुरस्कृत गरिएको थियो ।
प्रतिकृया दिनुहोस्
- दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
- बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
- आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
- ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
- आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने
- देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
- ९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
- बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
- बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै
-
आर्थिक समृद्धिमा शिक्षाको महत्व
अशोज १२, २०८१ -
९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
अशोज १३, २०८१ -
तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
अशोज १२, २०८१ -
बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता
अशोज १२, २०८१ -
ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
अशोज १६, २०८१ -
बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
अशोज १३, २०८१ -
नारायणगढ–मुग्लिन सडक भासियो
अशोज १२, २०८१
लेखकको सम्वन्धमा