होटल सञ्चालकको जन्मदिनमा आश्रममा सहयोग
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका ५ मा रहेको गुनाखर होलिडे होटलका सञ्चालक सीता अर्यालको जन्मदिनको अवसरमा होटल परिवारले मानवसेवा आश्रम बुटवलमा सहयोग गरेको छ।
बुटवल सुख्खानगरमा रहेको मानवसेवा आश्रममा सञ्चालक अर्यालको जन्मदिनको अवसरमा १ महिनालाइ पुग्ने खाद्यान्न सामाग्री बितरण गरिएको हो।
होटलमा प्रतिदिन पहिलो बिलबाट रु ५० छुट्टाएर दानपेटिकामा संकलन गरेको रकममा केही रकम थप गरेर आश्रममा आर्थिक सहयोग गरिएको अर्याललेलले बताईन।
नेपाली काङ्ग्रेस तरुण दल सैनामैना नगर उपसभापति युवा नेत्री समेत रहेकी अर्यालले सामाजिक उत्तरदायीत्व अन्तरगत जन्मदिनको अवसरमा होटलको दान पेटिकाको रकममा आफ्नो तर्फबाट थपेर खाद्यान्न सहयोग गरेको बताइन।
यस अघि बाल आश्रम, मानवसेवा आश्रम, बिपन्न विद्यार्थीलाई वार्षिक अध्ययन खर्च प्रदान गरिसकेको र प्रत्येक छ / छ महिनामा आर्थिक सहयोग गर्दै आएको होटेलका सञ्चालक खेमराज पोख्रेलले जानकारी दिए।
होटल सञ्चालक नारायण आचार्य (गुनाखर)ले २०७५ सालमा स्थापमा भएको होटलमा ५ जनाले प्रत्यक्ष रोजगारी पाईरहेको जानकारी दिए।
कार्यक्रममा बोल्दै होटल तथा रेस्टुरेन्ट ब्यवसायी संघ रुपन्देही अध्यक्ष लेखनाथ भण्डारीले होटल हरुले सामाजिक उत्तरदायित्वका कामहरु गर्नु सराहनीय रहेको बताउदै अन्य होटलहरुले पनि सिको गर्नुपर्ने बताए।
कार्यक्रममा लोकतान्त्रिक होटल ब्यवसायीक संघ अध्यक्ष शिवराज पोख्रेल, अधिवक्ता कृष्ण न्यौपाने लगायतले बोलेका थिए।
आश्रममा एक कार्यक्रमको आयोजना गरि आश्रम रुपन्देही जिल्ला संयोजक टीका थापालाई खाद्यान्न हस्तान्तरण गरिएको हो। आश्रम बुटवलमा ४० जना आश्रीत रहेका छन।
लेखकको सम्वन्धमा