राप्ती बस दुर्घटना अपडेट ः मृतक ८ जनाको परिचय खुल्यो
दाङ । दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा मृत्यु भएका १२ जनाको मृत्यु भएको छ। जसमध्ये ८ जनाको सनाखत भएको छ ।
बाँके जिल्ला बस्ने वर्ष ६० कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौं चन्द्रगिरी बस्ने वर्षका ६५ ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने , जुम्लाका वर्ष ४० का मुनबहादुर रावत, बाँकेका वर्ष ३० का रामबरण हरिजन, रूकुमका वर्ष २५ का दीपक कामी र भारत विहारका वर्ष ६७ का जोगेन्द्र रामको सनाखत भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी नीरीक्षक उज्ज्वल सिंहले बताए । अन्य ४ जना मृतकको सनाखत हुन बाँकी छ ।
घाइतेमध्ये केहीलाई बुटवल र नेपालगञ्ज तथा केहीलाई भालुवाङ अस्पतालमा उपचार जारी राखिएको छ । घटना लगतै पुगेको प्रहरीले पाँच जनालाई उद्दार गरि अस्पताल पठाउँदा उनीहरुको अस्पतालमै चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।
पछि बसले च्यापिएको अबस्थामा ७ जनाको शव जेसीवीले निकालेको सिंहले बताए । गए राति साढे १० बजे नेपालगन्जबाट काठमाण्डौंका लागि छुटेको नमस्ते यातायात प्रालिको भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा परेको थियो ।
लेखकको सम्वन्धमा