दुर्घटनाबाट छ महिनामा २६ जनाले ज्यान गुमाए
![दुर्घटनाबाट छ महिनामा २६ जनाले ज्यान गुमाए दुर्घटनाबाट छ महिनामा २६ जनाले ज्यान गुमाए](https://satyadeepsandesh.com/wp-content/uploads/2023/10/accident-.jpg)
कपिलवस्तु । पछिल्लो ६ महिनामा कपिलवस्तु जिल्लामा २६ जनाले दुर्घटनाका कारणले ज्यान गुमाएका छन्।
कपिलवस्तु ट्राफिक प्रहरी कार्यालयको आर्थिक वर्ष २०८०÷८१ तथ्याङ्क अनुसार ६ महिनामा दुर्घटना १०२ भएको छ भने जयमध्ये दुर्घटनाबाट २६ ज्यानले गुमाएका हुन।
सबैभन्दा बढी दुर्घटना दुई पाङ्ग्रे (मोटर साइकल )बाट ८३ वटा दुर्घटना भएको जस मध्ये दुर्घटनाबाट २६ जना आफ्नो ज्यान गुमाएको छन् भने घाइते सङ्ख्या ८७ रहेको छ ।
ट्रक बाट २ जनाको मृत्यु भएको छ , भने बसबाट २ जना मृत्यु , जिपबाट २ जना , ट्याक्टरबाट २ जना र अन्यबाट २ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख निरीक्षक अनीश भण्डारीले जानकारी दिए ।
दुर्घटनाबाट मृत्यु हुनेमा पुरुष १६ रहेको छन् भने ६ जना महिला , बालक ३ जना र १ जना बालीका रहेको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।
दुर्घटना बढी भित्री सडक बढी भएको दुर्घटनाको प्रमुख कारण चालको लापरवहि , मादक पदार्थहरू सेवन गरेर गाडी चलाउने तीव्र गतिमा गाडी चलाउने पैदल यात्रीहरूमा जनचेतनाको कमीले गर्दा दुर्घटना बढी भएको बताए ।
६ महिनाको अवधिमा २० हजार ७६ सवारी र ढुवानीका साधनहरु कारबाहीमा परेको ट्राफिक प्रमुख भण्डारीले जानकारी दिए यात्रु र चालकको सुरक्षाको लागि नियम उल्लङ्घन गर्ने ढुवानी तथा सवारी साधनलाई गरिएको कारबाहीमा गरेको ट्राफिक कार्यालयले जनाएको छ ।
लेखकको सम्वन्धमा