चर्चामा

इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह समापन

इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह समापन
0 0
Read Time:2 Minute, 7 Second

बुटवल। बुटवल ११ कालीकानगरमा रहेको इन्टलेक्चुअल स्कूलमा आइतबार खेलकुद सप्ताह समापन गरीएको छ ।

Advertisement

खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजीत खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा बिद्यार्थीहरुलाई विभाजन गरि प्रतियोगिता गराईएको थियोे ।

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने खेलकुद कार्यक्रममा भलिवल, फुटसल,रीले दौड सटपट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड, बास्केटबल,खो खो लागायतका खेलहरूमा प्रतिस्प्रर्धा गराईएको थियो ।खेल सप्ताहको अबसरमा मेडल प्रमाणपत्र र ट्रफी प्रदान गरेर पुरस्कृत गरिएको थियो ।

पुरस्कार प्रदान गर्दै स्कूल सञ्चालकका अध्यक्ष गोबिन्द प्रसाद मरासिनीले खेलकुदले बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने बताए।

अतिरिक्त क्रियाकलाप संयोजक सुरज बिकको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन कोर्डिनेटर मित्रजन भन्डारीले गर्नुभएको थियो । खेलासप्ताह गत बुधबारदेखि शुरु गरिएको थियो ।

सो कार्यक्रममा स्कुलका सस्थापक अध्यक्ष डा कृष्ण खरेल नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा निर्बाचित भएकोम सम्मान गरिएको थियो ।सो कार्यक्रममा स्कुलका सस्थापक अध्यक्ष डा कृष्ण खरेल, संचालक एवं प्रबन्ध निर्देशक रामराज पोख्रेल लागाएतले बोलेका थिए ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %