अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री प्रचण्ड

अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री प्रचण्ड
0 0
Read Time:3 Minute, 27 Second

अनिल नेपाली / अर्घाखाँची । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको कारण नेपालको अर्थतन्त्रमा गुणात्मक सुधार आएको दाबी गदै विदेशी मुद्राको संचिति इतिहासमै सबैभन्दा धेरै हुनुलाई त्यसको एउटा उदाहरणको रुपमा लिएको बताएका छन् ।

Advertisement

सोमबार दिउँसो नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित “आर्थिक विकास, पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवर्द्धन’’ कार्यक्रमको उद्घाटन गदै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले प्रचण्डले आफु तेस्रो पटक सरकारको नेतृत्व गरेको १ वर्षको अवधि पूरा भएको बताउदै जतिबेलासरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा थियो, निर्वाचनबाट आएको त्रिअंकुश संसदले राजनीतिक स्थायित्व दिने नदिनेमा निकै ठुलो संशय थियो । तर एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौतीहरू सम्बोधन हुँदै गएका छन् ।’

उनले अर्घाखाँची जिल्लाको विकासमा सङ्घीय सरकारले प्राथमिकता दिने बताउँदै जिल्लाको विकासप्रति जिल्लाका राजनीतिक दलहरूमा देखिएको एकता र सहकार्यले नेपालको राजनितिकमा समन्वय सहकार्यको लागि ईटा थपेको बताएका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसकी नेता एवं प्रतिनिधि सभाकी पूर्व उपसभामुख पुष्पा भुसालले अर्घाखाँचीको सडक, शिक्षा स्वास्थ्य, कृषि र पर्यटनको विकासमा केन्द्रीय योजनाहरू हुनुपर्नेमा जोड दिदै आर्थिक विकास गरी गरिबीको अन्त्य हुन जरुरी बताउदै संविधानको कार्यान्वयन सुशासन कायम गर्नुपर्ने बताइन् । उनले शान्ति प्रक्रियाको टुङ्गो नलाग्दासम्म समग्र विकास हुन नसक्ने बताइन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले जिल्लाको समृद्धिको हकमा साझा दृष्टिकोण बनाएर जानुपर्नेमा जोड दिदै समृद्धिका लागि कृषि र पर्यटकीय क्षेत्रको पूर्वाधार विकास जरुरी रहेको बताइन् ।

लुम्बिनी प्रदेश सभा सदस्य राम्जीप्रसाद घिमिरेले पर्यटनको विकाससँगै आर्थिक विकास गर्न सकिने बताए । स्थानीय तहको बजेटले जिल्लाको पर्यटनको विकास गर्न नसकिने भन्दै महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %