राष्ट्रिय भुकम्प शुरक्षा दिवस : अर्घाखाँचीमा प्रभातफेरी तथा कोण सभा
अर्घाखाँची । २६ औं राष्ट्रिय भुकम्प शुरक्षा दिवस-२०८० प्रभातफेरी तथा कोण सभा आज सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ स्थानीय श्रोत र प्रबिधिको प्रयोग गरौं, भुकम्प थेग्ने संरचना बनाउ भन्ने मुलनाराका साथ भुकम्प स्मृति तथा भुकम्पिय सचेतना प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा आयाेजनामम प्रभातफेरी प्रश्यात आयोजित कोण सभामा बोल्ने बक्ताहरुले भुकम्प एक प्राकृतिक प्रकोप भएकोले यसलाई रोक्न नसके पनि यस बाट हुने सम्भाबित जोखिमबाट आफुलाइ जोगाउन सकिने बताएका थिए।
घर तथा पूर्वाधार निर्माण गर्दा भुकम्प प्रतिरोधात्मक बनाएमा ज्यान जाने जोखिम कम हुने बक्ताहरुको भनाइ थियो।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल रेडक्रस अर्घाखाँचीका सभापति कुशल भुसाल जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासकीय अधिकृत नुमलाल पन्थी लगायतले बोलेका थिए।
लेखकको सम्वन्धमा