रेसुङ्गा विमानस्थलमा हप्ताको चार पटक उडान हुँदै
- सत्यदीप सन्देश संवाददाता
- माघ २, २०८०
- 44 Shares
गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको चारपटक उडान हुने भएको छ ।
हाल हप्तामा दुई पटक मात्रै उडान हुदैँ आएकामा अगामी फागुनको पहिलो हप्ताबाट चार पटक उडान हुनेगरी व्यवस्था मिलाइएको हो ।
रेसुङ्गा विमानस्थलमा गत वैशाख २९ गते पहिलो व्यावसायिक उडान भएको थियो ।
यात्रुको अत्याधिक चाप भएपछि बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन उडान भइरहेको थियो ।
अझै पनि यात्रुको चाप अत्याधिक नै भएका कारण हप्ताको चार दिन उडान गर्ने गरी तयारी भइरहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।
यसका लागि नेपाल नागरिक उड्ययन प्राधिकरण तथा नेपाल वायुसेवा निगमसँग पुनःसम्झौता गर्ने तयारी गरिएको उनले बताए।
रेसुङ्गामा हालसम्म ६४ उडान भएका छन् । यसबाट आठ सय १५ यात्रुले सेवा लिएका छन् । जहाजमा अधिकाशं गम्भीर रोगका बिरामी, ज्येष्ठ नागरिक र अशक्त नागरिकले सेवा लिएका छन् ।
प्रतिकृया दिनुहोस्
- चासोक तङ्नामको अवसरमा किरात याक्थुङ चुम्लुङ पोर्तुगलद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
- भुवनेश्वरी मन्दिरको २३ औ वार्षिक साधारणसभा सम्पन्न
- करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
- स्थानीय तह उपनिर्वाचन : करिब ६२ प्रतिशत मतदान
- पारदर्शी सहकारीको १५ औं वार्षिक साधारण सभा
- युरो सिक्स सवारी प्रविधिको बारेमा कामदारहरुलाई क्षमता अभिबृद्धी तालिम शुरु
- लुम्बिनी बुद्धको जन्मथलो मात्र होइन, बुद्धिजमको मुहान होः प्रधानमन्त्री ओली
- स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
- विजयनगरमा काठसहित ट्याक्टर, ढुङ्गा–गिट्टी लोड टिप्पर र डोजर नियण्त्रणमा
- विकासमा राजनीति नगरौं : गृहमन्त्री लेखक
-
पारदर्शी सहकारीको १५ औं वार्षिक साधारण सभा
मंसिर १५, २०८१ -
भुवनेश्वरी मन्दिरको २३ औ वार्षिक साधारणसभा सम्पन्न
मंसिर १८, २०८१ -
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ -
स्थानीय तह उपनिर्वाचन : करिब ६२ प्रतिशत मतदान
मंसिर १६, २०८१ -
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१
लेखकको सम्वन्धमा