एकल महिला सुरक्षाकोष कार्यान्वयनमा दबाब दिन ध्यानाकर्षण

एकल महिला सुरक्षाकोष कार्यान्वयनमा दबाब दिन ध्यानाकर्षण
0 0
Read Time:2 Minute, 56 Second

बुटवल । एकल महिला सुरक्षाकोष कार्यान्वयनमा दबाब दिन मानव अधिकारको लागि महिना, एकल महिला समुह रुपन्देहीले ध्यानाकर्षण गराएको छ। समुहले बुटवल उपमहानगरपालिका प्रमुख, उपप्रमुख तथा प्रवक्तालाई ध्यानाकर्षण पत्र बुझाएको हो।

Advertisement

नेपाल सरकार महिना बालवालिका तथा ज्येष्ठ नागरिक मन्वानयने २०७० सालमा एकल महिलाको सक्तिकरण, समता तथा मर्यादा अभिवृद्धि गरि सामाजिक तथा आर्थिक दृष्टिले कमजोर तथा विपन्न वर्गका एकल महिलाहरूको हित र संरक्षण तथा प्रवद्धनको लागि एकल महिला सुरक्षाकोष स्थापना गरेको थियो।

राज्य व्यवस्था सघिय प्रणालिमा गएपछि महिला वालवालिका कार्यालय खारेजी संगसगै कोपनि संचालनमा आउन नसकेपछि पून महिना वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको तर्फबाट एकल महिला सुरक्षाकोष मापदण्ड समाधान गरि ७५३ स्थानीय तहमार्फत प्रदान गर्न दाबाब दिन ध्यानाकर्षण बुझाईएको मानव अधिकारको लागि महिना, एकल महिला समुह रुपन्देहीका सचिव रिता सेनले बताईन।

यस कोषवाट एकल महिलाहरुले उद्धार , राहत तथा पुन:स्थापन, औषधि उपचार, कानूनी सहायता, शिक्षा र सीपमूलक तालिम तथा स्वरोजगार कार्य सञ्चालन गर्न जोष मार्फत सहयोग प्राप्त गर्न सक्ने व्यवस्था सहित तत्कालिन समयमा जिल्ला स्तरीय समिति गठन गरि महिला बालबालिका कार्यालयको मातहत रहि कोष परिचालन भईसकेको रुपन्देही अध्यक्ष राधिका श्रेष्ठले जानकारी दिइन।

प्रदेश अध्यक्ष जानुका घिमिरेले सबै स्थानिय तहलाई कोष स्थानियकरणका लागि परिपत्र समेतजारी गरिसकेको बताइन।
ध्यानाकर्षण बुझ्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले यो पत्रलाइ केन्द्र सम्म पुर्‍याउने प्रतिबद्धता ब्यक्त गरे उनले एकल महिलाहरुलाइ जग्गा उपलब्ध गराउने देखि विभिन्न तालिमहरुको प्रवन्ध गरिएको बताए। कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबि अर्याल, प्रवक्ता शिव राना,समुहका पदाधिकारी तथा सदस्य लगायतको सहभागीता रहेको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %