0 0
Read Time:2 Minute, 27 Second

वुटवल । एशियाली विकास बैंक एडिबीको ‘अर्बन रेजिलेन्स लाइभ्लीहुड इम्प्रुभ्मेन्ट परियोजना’ अन्तर्गत रुपन्देहीका तिलोत्तमासहित सात पालिकाहरुमा पूर्वाधार निर्माण र विस्तारका लागि अनुदान सहायता तथा सहलियतपूर्ण ऋणमा बुधवार सम्झौता भएको छ । तिलोत्तमा नगरपालिकामा चार ठूला आयोजनाका लागि ३ अर्ब २५ करोड रुपैया बराबरको सम्झौता भएको ।

तिलोत्तमामा वडा नं १७ मा पॅाच विगाह क्षेत्रफलमा बहुउद्धेश्यीय सुविधासम्पन्न र आधुनिक चिस्यान केन्द्र, पथ्थरडांडा— तिनाउ सडक, ड्राइभरटोल–शिवपूर सडक स्तरोन्नति र मधौलिया– बिहुली– बरौलिया डांडा हुदै चिस्यान केन्द्र पुग्ने सडक निर्माण आयोजनाका लागि एडिबीले सहुलियतपूर्ण ऋण र अनुदान दिने भएको हो । नगर प्रमुख रामकृष्ण खांणका अनुसार कूल बजेटको ७५ प्रतिशत नेपाल सरकारबाट अनुदान, १८ प्रतिशत नगर विकास कोषबाट ऋण र ७ प्रतिशत नगरपालिका कार्यालयको आन्तिरक स्रोतबाट ब्यहोर्नुपर्ने छ । एडिबीले लुम्बिनी सहित पर्यटकीय स्थल आसपासका पालिकाहरुलाई प्राथमिकता दिएर ऋण अनुदान दिएको हो ।

रुपन्देहीका तिलोत्तमा, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, सैनामैना, तिलोत्तमा, र देवदह नगरपालिकामा एडीबीका योजना संचालन हुनेछन् । रुपन्देहीका अन्य पालिका भन्दा तिलोत्तमाले सबैभन्दा धेरै बजेट पाएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । नगर कार्यपालिका सदस्य सुरेन्द्र श्रीले विगतदेखि अघि सारिएका आयोजनामा यसपटक सम्झौता भएपछि यी आयोजना सम्पन्न हुंदा तिलोत्तमाले विकास पुर्वाधारमा फड्को मार्ने बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement