एक लाख जनामा मुख स्वास्थ्य कार्यक्रम पुर्याउन रोटरी लुम्बिनी स्टार आक्रामक बन्दै
बुटवल । डिस्ट्रीकमा अत्यन्तै महत्वाकांक्षी योजना एक लाख जनामा मुख स्वास्थ्य शिक्षा तथा चेकजाँच कार्यक्रम लिएको क्लबले बिध्यालय स्तरमा मात्र नभएर टोल-टोलमा शिबिर संचालन गर्दै नमुना क्लबको रुपमा आफुलाइ परिचय दिएको छ ।क्लबका अध्यक्ष धुर्ब प्रसाद कोइरालाको कुसल नेतृत्वको सबत्र चर्चा चलेको छ ।
माघ ५ गते मा बुटवल उप नगरपालिका ११ स्थित जनजागरण महिला समुहका महिला हरुलाइ आधुनिक समाज डेन्टल बुटवलको प्राबिधिक सहयोगमा अत्याधुनिक डेन्टल क्लिनिक सहितको मोबाइल डेन्टल युनिट नै लगेर करिब १५० जनाको नि शुल्क चेकजाँच , निशुल्क एक्स रे सेवा सहित नि शुल्क स्केलिङ (दाँत सफा गर्ने )काम सम्पन्न भयो ।कार्यक्रमका प्रमुख अतिथी क्लबका सस्थापक अध्यक्ष श्री यादब भन्डारी संलग्नता थियो ।
कार्यक्रममा स्वस्थ मुख अभियानका अभियान्ता रोटरी क्लबका हेल्थ डाइरेक्टर तथा आधुनिक समाज डेन्टलका अध्यक्ष अमृत भुसालले यसरी मुख स्वास्थ्यमा दिनहु नि:शुल्क काम गर्ने सम्बबत नेपालकै पहिलो सस्था रहेकोमा आफुलाइ समाज प्रती अझ केही गरौ भन्ने हुटहुटी लागिरहेको बताए।
गरिबको दाँतको दुखाइ र धनिको दाँतको दुखाइ उस्तै हुने तर आर्थिक अभाबमा यसले उपचारमा प्रभाव पर्ने हुनाले स्वास्थ्य सेवा ब्याबसायिक बन्नै सक्दैन र बनाउनु पनि हुनु हुदैन भन्नेमा आफू लागेको बताए।
लेखकको सम्वन्धमा