चर्चामा

राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीको प्रचारप्रसार विभाग गठन

राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीको प्रचारप्रसार विभाग गठन
0 0
Read Time:3 Minute, 4 Second

बुटवल, । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीको प्रचारप्रसार विभाग गठन गरिएको छ । शनिबार तिलोत्तमा भएको कार्यक्रममा रुपन्देही जिल्ला सचिव दिपेश कडेलको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरी समितिलाई पूर्णता दिइएको हो ।

Advertisement

जसको उपप्रमुखमा जयप्रकाश राय र सचिवमा स्वस्तिक श्रेष्ठ चयन भएका छन् । सदस्यहरूमा छायाँ पन्थ , वसन्तराज बराल , डिबी सुस्लिङ , विष्णु घिमिरे चयन भएका छन् । त्यसैगरी दिपेन्द्र गिरी , अर्जुन यादव , रोशन कार्की , सञ्जिव श्रेष्ठ , अनिल शेरचन , कमल गौडेल , शंकर पाण्डे , साजन थापालगायत चयन भएको समितिले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश ईन्चार्ज केशब रोक्काले पार्टीका सकारात्मक कुरा जनतालाई बुझाउन जरूरी रहेको बताए । उनले पार्टीका कतिपय सकारात्मक कुरा जनता समक्ष पुर्‍याउन नसक्दा भ्रम सृजना भएको बताए । नेकपा एमाले रुपन्देही जिल्ला सचिवालय समिति सदस्य यम पाण्डे युवा संघका सकारात्मक गतिविधिले भ्रम हटाउन सहयोग पुग्ने बताए ।

राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश ईन्चाज केशव रोक्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल रुपन्देही ईन्चाज बुद्धि थापा, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय लेखा आयोग सदस्य ईश्वर न्यौपाने, राष्ट्रिय युवा संघ नेपाल रुपन्देही अध्यक्ष बिकास जंग बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटी प्रचार प्रसार विभागलाई पूर्णता दिइनुका साथै सोही कमिटीको आयोजनामा यहि माघ २० र २१ गते खुल्ला फुटसल प्रतियोगिता गर्ने निर्णय गरिएको छ ।

कार्यक्रमको समापन गर्दै विभाग अध्यक्ष दिपेश कडेलले युवा संघका सम्पूर्ण कामहरूलाई प्रचारप्रसार गर्न जोड दिनुपर्ने र सबै एकजुट भएमा बलियो हुनेमा जोड दिए । अध्यक्ष कडेलले नकारात्मक कुरा हटाउनु पर्ने , युवा संघका सम्पूर्ण कामहरूलाई प्रचारप्रसार गर्न जोड दिनुपर्ने बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %