बुटवलमा जाडो बढेपछी उपमहानगरले दियो ३ दिन बिद्यालय विदा
![बुटवलमा जाडो बढेपछी उपमहानगरले दियो ३ दिन बिद्यालय विदा बुटवलमा जाडो बढेपछी उपमहानगरले दियो ३ दिन बिद्यालय विदा](https://satyadeepsandesh.com/wp-content/uploads/2023/02/butwal-upamahanagar.jpg)
Read Time:1 Minute, 10 Second
बुटवल । अत्याधिक जाडो बढेपछी बुटवल उपमहानगरपालिकाले ३ दिन विद्यालयलाई जाडो विदा दिने भएको छ ।
उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले एक सूचना जारी गरि उपमहानगर भित्रका सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म विदा दिने बताएका हुन् ।
‘यस उपमहानगरपालिका अन्तर्गत संचालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा गरिने जाडो बिदा सम्वन्धमा यस उपमहानगरपालिकाको मिति २०८०/१०/०५ को निर्णयानुसा अत्यन्तै जाडो बढेको कारण यस उपमहानगरपालिका अन्तर्गत संचालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा मिति २०८०/१०/०७ गतेदेखि मिति २०८०/१०/०९ गते तिन दिनसम्मको लागि जाडो बिदा (हिउदे बिदा) गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’- सूचनामा भनिएको छ।
लेखकको सम्वन्धमा