कपिलवस्तु नगरपालिकाको जाडाे बिदा ५ दिन थपियो
Read Time:41 Second
कपिलवस्तु । जाडो बढ्दै गएपछि कपिलवस्तु नगरपालिका विद्यालयहरूमा ५ दिन जाडो बिदा दिएको छ । नगरपालिकाले माघ ५ देखि ९ गतेसम्म ५ दिन जाडो बिदा दिएको हो ।
नगरपालिकाका शिक्षा प्रमुख हरि प्रशाद ज्ञवालीले एक सूचना जारी गरी नगरपालिकाभित्रका सबै विद्यालयमा माघ ५ गतेदेखि ९ गतेसम्म बिदा दिने बताएका छन्।
नगरपालिकाको बसेको बैठकले यस्तो निर्णय गरेको हो । जाडोका कारण कपिलवस्तु जनजीवन प्रभावित भएको छ ।
लेखकको सम्वन्धमा