’समयमा समस्या पहिचान हुँदा जटिलता र मातृमृत्युदर घटाउन सकिन्छ ’
वुटवल । समयमा नै समस्या पहिचान गरे प्रजनन स्वास्थ्य समस्या र मातृमृत्यु दर घटाउन सकिने स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सदीक्षा चापागाईले बताएकी छन् ।
फेयरमेड र इन्द्रेणी ग्रामिण विकास केन्द्र रुपन्देहीको सहयोगमा संचारिका समूह लुम्बिनीले शनिबार बुटवलमा आयोजना गरेको प्रजनन स्वास्थ्य समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले पछिल्लो समयमा महिलाहरुहरुमा महिनावारी गडबढी , सेतो पानी बग्ने र बाझोपन जस्ता समस्याहरु बढी देखिएको बताइन । आफ्नो स्वास्थ्य समस्या खुलेर नबताउने र बेलैमा उपचार नगराउने बानीले यस्ता खालका स्वास्थ्य समस्याहरु बढ्ेकोे बताइन । उनका अनसुार स्वास्थ्य समस्या नदेखिएपनि वर्षमा एक पटक अनिवार्य रुपमा परिक्षण गर्नुपर्ने सुझाव दिइन ।
डा. चापागाईंका अनुसार बढि हिट –तापक्रम) , क्लाईमेट तलमाथि हुने र विदेशमा काम गरेर फर्किएका पुरुषहरुमा बाझोपनको समस्या धेरै देखिएकाले सन्तान प्राप्तिको चाहाना राख्ने दम्पतिले अनिवार्य रुपमा स्वास्थ्य परिक्षण गर्नुपर्नेमा जोड दिइन ।
स्वास्थ्य सर्वेक्षण २०७८ ले लुम्बिनी प्रदेशमा देशकै सबैभन्दा धेरै मातृमृत्युदर देखाएको छ । देशभरमा प्रतिलाखमा १ सय ५१ महिलाको मृत्यु हुँदा लुम्बिनीमा २ सय ७ जनाको मृत्यु हुने गरेको छ । यो अन्य प्रदेशको भन्दा धेरै हो । स्वास्थ्य निर्देशनालय लुम्बिनीका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा २ हजार ९ सय ७४ जना, २०७८÷०७९ मा १ हजार ६ सय ८२, २०७९÷०८० मा ८ सय ९३ र चालु आर्थिक वर्ष २०८०÷०८१ को काक्तिक मसान्तसम्म ४ सय १० जना घरमै प्रसुति भएका छन् ।
आफुमा स्वास्थ्य जटिलता आउना साथ स्वास्थ्य संस्था गईहाल्ने , गर्भवतीले कम्तीमा ८ पटक स्वास्थ्य परिक्षण गराउने स्वास्थ्य सस्थामा गएर प्रसुति हुने, खानपानमा ध्यान दिने , र दैनिक रुपमा केहि समय आफ्नो लागि छुट्टाएर आराम गर्ने हो भने मातृमृत्यु घटाउन सहज हुने डा. चापागाईंले बताइन् । उनका अनुसार स्वस्थ महिलाले कम्तिान पनि ३ वर्षमा एक पटक पाठेघर परिक्षण गराउदा पाठेघरको क्यान्सर लगायतबाट बच्न सकिने र पुरुषले पनि वर्षमा ए्रकपटक स्वास्थ्य परिक्षण गर्नुपर्ने बताइन् ।
फेयर मेड र इन्द्रेणी ग्रामिण विकास केन्द्रको सहयोगमा संचालित आधारभूत स्वास्थ्य परियोजनाका सहजकर्ता मन्जु घिमिरे र सन्ध्या कुसुम शर्माले मातृमृत्यु घटाउन स्थानीय तह र स्वास्थ्य सस्थाको सहकार्यमा काम गरीरहेको बताए । काम उनीहरुले स्वास्थ्य क्षेत्रका हिसाबमा शहरका भन्दा गाँउघरका मानिसहरु अलि बढि सचेत भएको बताए ।
कार्यक्रममा सञ्चारीका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले महिलामा हुने प्रजनन समस्या र मातृस्वास्थ्य समस्या बेलैमा पहिचान गरी समाधान हुन निकै जरुरी रहेको र यसका लागि सहि मरामर्शको आवस्यकता रहेको बताइन ।
लेखकको सम्वन्धमा