अयोध्यामा प्राणप्रतिष्ठामा कपिलवस्तुमा आठ स्थानीय तहमा सार्वजनिक बिदा
बुटवल । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठाको दिन कपिलवस्तुका आठ पालिकाले बिदा दिएका छन् ।
कपिलवस्तु,शिवराज, कृष्ण नगर , महाराजगन्ज नगरपालिका विजय नगर , मायादेवी शुद्धोदन,यशोधरा गाउँपालिका र ले सोमबार राम मन्दिरको प्रतिष्ठाका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
राम जानकी मन्दिरको प्राण प्रतिष्ठा हुने भएकोले बिदा दिने निर्णय गरिएको कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदीप पौडेलले बताए । पालिकाले एक सूचना जारी गर्दै स्थानीय बिदा दिने निर्णय गरेको थापाले बताए ।
भगवान् राम नेपालको ज्वाइँ भएकाले राम मन्दिरको प्रतिष्ठाका दिन कृष्ण नगर नगरपालिकाले पनि सार्वजनिक बिदा दिएको नगर प्रमुख रजत प्रताप शाहले जनाएका छन् ।
बिदा दिएका स्थानीय तहहरूले सोमबार पशुपन्छी र जीवजन्तुको वध, माछा मासु र मदिराको बिक्री वितरण नगर्न समेत आग्रह गरेका छन् ।
सोमवार बिहान १०.३० बजे तौलिहवाको तौलेश्वर नाथ मन्दिर प्राङ्गण बाट शोभा यात्रामा सम्पूर्ण नगरवासीहरु सहभागी हुने अनुरोध गरेको तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गायादिन कुर्मीले बताए ।
तौलिहवा बजारमा दीप प्रज्वलन व्यवस्था गरिने भएको छ सोमवारकै दिन युवाहरूले र्याली लगायतका कार्यक्रमहरू गर्ने जनाइएको छ ।
लेखकको सम्वन्धमा