राममन्दिरमा प्राण प्रतिष्ठा गर्ने दिन सोमबार रोहिणीमा स्थानीय बिदा
- सत्यदीप सन्देश संवाददाता
- माघ ७, २०८०
- 38 Shares
रोहिणी । रुपन्देहीको रोहिणी गाउँपालिकाले सोमबार (भोलि) सार्वजनिक विदा दिएको छ । श्रीराम जन्मभूमि भारतको अयोध्यामा नवनिर्मित राममन्दिरमा माघ ८ गते (२२ जनवरी, २०२४ तारिख) सोमबार हुने प्राण प्रतिष्ठाका दिन गाउँपालिकाले विदा दिएको हो ।
सोमबार अत्यावश्यक सेवाबाहेक गाउँ कार्यपालिकाको कार्यालय र गाउँपालिका अन्तर्गतका सबै निकाय (विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय) बन्द रहने गाउँपालिकाले जनाएको छ ।
सोमबार गाउँपालिका क्षेत्रभित्र समेत विभिन्न मठ मन्दिरहरुमा सोही प्रकृतिका प्राण प्रतिष्ठा लगायतका कार्यक्रम रहेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।
अध्यक्ष यादवले सोमबार आ–आफ्नो घर तथा घर नजिकै रहेको राम जानकी मन्दिरहरुमा दीप प्रज्जवलन गर्न अपील गरेका छन् ।
साथै भोलि गाउँपालिका क्षेत्रभर कुनै पनि प्रकारको पशुपन्छी तथा जीवजन्तुको बध नगर्न तथा माछा, मासु एवं मदिराजन्य पदार्थ विक्रीवितरण समेत नगर्न उनले अपील गरेका छन् ।
प्रतिकृया दिनुहोस्
- पैसाको सदुपयोग गर्न सक्नुपर्छ : ओली
- दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
- बेहुली फ्रम मेघौलीका क्लिप टिकटकमा छ्यापछ्याप्ति भएपछि निर्माताले दिए साइबर ब्युरोमा उजुरी
- दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
- बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
- आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
- ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
- आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने
- देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
-
ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
अशोज १६, २०८१ -
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
अशोज २३, २०८१ -
दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
अशोज २०, २०८१ -
बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
अशोज २०, २०८१ -
देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
अशोज १४, २०८१ -
पैसाको सदुपयोग गर्न सक्नुपर्छ : ओली
अशोज २३, २०८१
लेखकको सम्वन्धमा