बर्दियाबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
बुटवल । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बर्दियाबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१००५ ख ९७१९ नम्बरको बस दाङको लमही नगरपालिका–९ स्थित जंगल क्षेत्रमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी बर्दियाको गेरुवा गाउँपालिकाका– १ का ३६ वर्षीय भीमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सडकको भित्तामा बस ठोक्किँदा दुई जनाको च्यापिएर घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
प्रहरीका अनुसार जंगल क्षेत्रको सडकको भित्तामा बस ठोक्किन थालेपछि दुई जनाले ज्यान जोगाउन हाम फाल्न खोज्दा च्यापिएर घटनास्थलमै मृत्यु भएको हाे । चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ ।
बसका चालक घाइते छन् । अन्य सबै यात्रु सकुशल रहेका प्रहरीले जनाएको छ । मृतक दुवै जनाको शव पोष्टमर्टमका लागि दाङको लमही अस्पतालमा राखिएको छ ।
लेखकको सम्वन्धमा