चर्चामा

राष्ट्रियसभा सदस्यमा लुम्बिनीबाट कांग्रेसकी सापकोटा र माओवादीका सुवेदी निर्वाचित

राष्ट्रियसभा सदस्यमा लुम्बिनीबाट कांग्रेसकी सापकोटा र माओवादीका सुवेदी निर्वाचित
0 0
Read Time:1 Minute, 22 Second

वुटवल। लुम्बिनी प्रदेशतर्फबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

Advertisement

बिहीबार भएको निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा माओवादी केन्द्रका झक्कु सुवेदी र कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएका छन् । अन्य क्लस्टरबाट निर्वाचित माओवादी केन्द्रका सुवेदीले ५ हजार ४३५ मतभार प्राप्त गरेका छन् ।

पराजित एमालेका झपेन्द्रबहादुर घर्ती क्षेत्रीले भने ३ हजार ३९ मतभार र जनमत पार्टीका बालगोविन्द चौधरीले २५० मतभार प्राप्त गरेका छन् ।

यस्तै, महिला क्लस्टरमा निर्वाचित भएकी कांग्रेसकी सापकोटाले ५ हजार ४३५ मतभार प्राप्त गरिन् । पराजित एमालेकी तुलसाकुमारी केसीले २ हजार ८६७ मतभार पाइन् । महिला कोटामा राप्रपाबाट उम्मेदवार बनेकी विजयालक्ष्मी सिंह २५० मतभार पाइन् ।

लुम्बिनी प्रदेशतर्फ रिक्त दुई पदका लागि आज निर्वाचन भएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %