दोस्रो उजिरसिंह शारीरिक सुगठन प्रतियोगिता हुँदै, प्रथम पुरस्कार ५० हजार
बुटवल । बुटवलमा दाेश्राे मिष्टर उजिर सिंह रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता–२०८० हुने भएको छ ।
रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ आयोजनामा फागुन १२ गते शनिबार बुटवल उधाेग बाणिज्य संघको हलमा बुटवलमा सो कार्यक्रम हुन लागेको हो ।
शारीरिक सुगठन तथा फिटनेश संघ रुपन्देहीका अध्यक्ष राजकुमार श्रेष्ठले कर्णेल उजिरसिंह र जितगढी किल्लको सामरिक महत्त्वलाई थप उजागर गर्ने र खेललाई पर्यटन प्रवर्द्धनमा जोडने उद्देश्य प्रतियोगिताको रहेको बताए ।
खेलमा नव उदयीमान खेलाडीहरुको प्रवेश गराउँदै उनिहरु जिल्ला हुदै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नाम कमाउन सक्ने गरी रुपन्देहीबाट उत्पादन गर्न लागिएको संघका अध्यक्ष श्रेष्ठले बताए ।
प्रतियोगिता ५ वटा वजन समूहमा हुने संघका सचिव आशिष श्रेष्ठले जानकारी गराए । उनले प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७० भन्दा केजि भन्दा बढी तौल समूह गरि पाँच तौल समुहमा प्रतियोगिता हुने बताए ।
‘यसपटक हामीले पहिलोपटक महिला खेलाडीहरु प्राेत्साहन गर्ने उद्देश्यले महिला फिजिक्स तथा पुरुष फिजिक्स बिधा समेत थप गरेका छौ’, उनले भने।
रुपन्देही जिल्लामा ४० वटा जिम क्लब रहेको बताउँदै उनले एउटा जिम्मबाट एउटा बजन समूहमा बढिमा २ जना खेलाडि गरी जम्मा १२ जना खेलाडीले प्रतियोगितामा भाग लिन पाउने श्रेष्ठले बताए ।
प्रतियोगितामा ओभर अलमा प्रथम हुनले नगद ५० हजार,मेडल र प्रमाण पत्र पाउने संघका कोषाध्यक्ष उत्तम गुरुङले बताए ।
बजन समुहमा प्रथम द्वितीय, तृतीय, हुने खेलाडीले क्रमशः ३ हजार, २ हजार, १ हजार नगद पुस्कार, मेडल र प्रमाणपत्र पाउने संघका उपाध्यक्ष मनाेज अग्रवालले बताए ।
लेखकको सम्वन्धमा