अफगानिस्तानलाई हराउदै नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा
Read Time:52 Second
काठमाडौँ। नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेर जारी यू-१९ विश्वकपको सुपर सिक्समा पुगेको छ ।
अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले ४४ .४ ओभरमा नवौँ विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो ।
यस अघि पहिला ब्याटिंग गर्दै अफगानिस्तानले ४०.१ ओभरमा अल आउट हुदै १४५ रन बनाएको थियो ।
यो जितपछि नेपाल समुह डी बाट तेस्रो हुदै सुपर सिक्समा पुगेको छ । यस समुहबाट न्यूजील्याण्ड र पाकिस्तान यसअघि नै सुपर सिक्समा पुगिसकेका छन् ।
यो हारसँगै अफगानिस्तान समुह चरणबाट बाहिरिएको छ ।
लेखकको सम्वन्धमा