आईसीसी यू–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने क्याप्टेन खनाललाई तिलोत्तमाले ५० हजार दिने
Read Time:59 Second
बुटवल । तिलोत्तमा नगरपालिकाले यु-१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनाललाई सम्मान स्वरुप ५० हजार पुरस्कार दिने भएको छ।
तिलोत्तमा निवासी खनालको उत्कृष्ट प्रदर्शनले नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेकाले सम्मान स्वरुप नगद ५० हजार दिने नगरप्रमुख रामकृष्ण खाणले बताए ।
शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान पक्का गरेको थियो।
नेपालको जितका लागि कप्तान देव खनालले ५८ रनको योगदान दिए। ७ चौका प्रहार गर्दै उनले ५८ रनको योगदान गरेका थिए ।
लेखकको सम्वन्धमा