बुटवल जुनियर जेसिजको पदहस्तारण
बुटवल। बुटवल जुनियर जेसिजको आज आइतबार पदहस्तारण कार्यक्रम सम्पन्न भएको छ।सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश सदस्य भुमिश्वर ढकालले जेसिजले विधिको शासन कायम गर्ने मूल उद्देश्य अनुसार समाज रहेका ठाउँमा लागु गनुपर्ने बताए ।
उनले जेसिसवाट समाज अन्यक्षेत्रले धेर विषयहरू सिक्नु पर्ने भन्दै मुलुकको भविष्य युवाहरू काँधमा रहेको बताए ।कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी विश्व विद्यालयमा बोड सदस्य नारायण प्रदान भुसाल,बुटवल जेसीज अध्यक्ष हरिविक्रम कुँवर,बुटवल जुनियर जेसीज संस्थापक अध्यक्षतथा निर्वाचन मण्डल प्रमुख निसान भुसाल बुटवल जेसिजका पूर्व कोडिनेटर मथुरा पिया,मनोजभटराई,रीजन श्रेष्ठ,बालकुमारी भण्डारी,विजय गुरुङ लगायत बोलेका थिए।कार्यक्रम असीम लामिछानेको अध्यक्षता र राजीव पोख्रेलकोसञ्चालनमा सम्पन्न भएको थियो ।सो अवसरमा असीम लामिछाने नवनिर्वाचित बुटवल जुनियर जेसिज २०२३ का अध्यक्ष सुन्दर पौडेललाई पदहस्तारण गरेका थिए।छिमेकी शाखाहरूतिलोत्तमा,देवदह,सैनमैना जेसिजका पदाधिकारीहरू पनि उपस्थिति रहेको थियो ।
लेखकको सम्वन्धमा