लुम्बिनी सांसद घिमिरेद्वारा बाल गायक सुप्रिमको प्रशंसा, भने- ‘सबैको मनमा बस्न सफल हुनु’
बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले बाल गायक सुप्रिम मल्ल ठकुरीको प्रशंसा गरेका छन् । पाँचौ अर्घाखाँची महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै घिमिरेले बाल गायक ठकुरीको खुलेर प्रशंसा गरेका हुन् । बाल गायक ठकुरीले मंगलबार अर्घाखाँची महोत्सवमा आफ्नो प्रस्तुति देखाएका थिए ।
लुम्बिनी प्रदेश सभा सदस्य घिमिरेले बाल गायक ठकुरीको प्रस्तुतिबाट आफू प्रफुल्लित भएको बताउदैँ प्रतिभा अझै विकसित हुँदै जाने छ भन्नेमा आफू विस्वस्त रहेको बताए । उनले ठकुरीलाई सबैको मन मुटुमा बस्न सफल हुनु भन्दै शुभकामना समेत दिए ।
‘उदयमान सुप्रिम मल्ल कुनै दिन यो देशको चर्चित कलाकारको रुपमा अगाडि आउनेछन् । अहिले नै उनी राष्ट्रियव्यापी रुपमा चर्चमा आईसकेका छन्’ – घिमिरे भने- ‘उनको प्रतिभा अझै प्रफुल्लित हुँदै जानेछ र नेपाली जनताको मन र मुटुमा बस्न सफल हुनेछन्, म शुभकामना दिन चाहान्छु ।’
घिमिरेले महोत्सव अवधी भर अर्घाखाँचीबासीलाई मनोरञ्जन प्रदान गर्ने सम्पुर्ण कलाकार प्रती धन्यवाद व्यक्त गरेका छन् । साथै, उनले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सामाग्रीलाई जिल्लामा ल्याई सुलभ दरमा प्रदान गर्ने व्यवसायीप्रती पनि आभार व्यस्त गरेका छन् ।
उनले महोत्सव भर ५ देखि ७ करोडको व्यापार भएको अनुमान गर्दै आयोजक संस्थालाई धन्यवाद दिए । घिमिरेले मेला महोत्सवले देशको अर्थतन्त्र चलायमान बनाउन मद्धत पुर्याउने बताउँदै बेलाबेला आयोजना गरिनुपर्नेमा जोड दिए । महोत्सवले जिल्लाका पर्यटकीय स्थलको प्रचारप्रसारमा महत्वपूर्ण भुमीका खेलेको उनको विश्वास थियो ।
लेखकको सम्वन्धमा