क्रीमसन टेक्निकल कलेजमा बुट्वलमा नेबिसङ् इकाइ समिती गठन
बुटवल । नेपाल विद्यार्थी संघ जिल्ला समिति रुपन्देही सङगठन बिस्तार अभियानमा जुटेको छ।
बिगत लामो समय देखि सुषुप्त जस्तै रहेको नेबिसंघ रुपन्देहिको साङ्गठनिक गतिबिधि शम्सेर खड्का जिल्ला सभापति बनेपछि शसक्त हुन थालेको हो।
नेबिसंघ सभापतति खड्काको नेतृत्तोमा जिल्लाका विभिन्न सामुदायिक तथा सस्थागत बिद्यालयहरुमा इकाइ समिती गठन भैरहेका छन ।
शुक्रबार क्रीमसन टेक्निकल कलेज बुटवलमा बिधान खत्रीको नेतृत्वमा २१ सदस्यिय ईकाइ समिती गठन गरिएको छ।
इकाइ समिती गठन कार्यक्रममा नेबिसंघ सभापती शम्सेर खड्काले सबै कलेजहरुमा नेबिसङ्घको नेतृत्व स्थापित हुनेगरी कार्यक्रम अगाडि बढाइएको बताए ।
उनले गठित इकाइ समितिले धेरै भन्दा धेरै बिद्यार्थिहरुलाइ नेबिसङ्घको छाता भित्र गोलबन्द गर्नु पर्नेमा जोड दिए ।
सो कार्यक्रममा नेपाल विद्यार्थी संघका नेता सुन्दर अर्याल, जिल्ला सदस्य सुमन गुरुङले नेबिसङ्घ अब शसक्त ढङ्गले सङठन निर्माणमा लाग्ने बताए ।
लेखकको सम्वन्धमा