पाचौं ऐतिहासिक राष्ट्रिय बेटि सम्मेलन बुटवलमा शुरु

पाचौं ऐतिहासिक राष्ट्रिय बेटि सम्मेलन बुटवलमा शुरु
0 0
Read Time:3 Minute, 8 Second

बुटवल । पाचौं ऐतिहासिक राष्ट्रिय बेटि सम्मेलन २०७९ शुक्रवार देखि बुटवलमा शुरु भएको छ।
मुलधार महिला सेवा केन्द्र,आसनमा महिला,भाषणमा महिला,शासनमा महिला (आभासा) राष्ट्रिय अभियान नेपालको आयोजनामा राष्ट्रिय बेटि सम्मेलन शुरु भएको हो।
आजका चेलीबेटीहरु बन्दैछ परिवारको सहारा : शान्ति, सुरक्षा,लैङ्िगक हिंसा मुक्त राष्ट्र (लुम्बिनी प्रदेश) हाम्रो अभिभारा भन्ने मुल नाराको साथमा बेटि सम्मेलन शुरु भएको हो।
सम्मेलनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसीले अहिले ३३ प्रतिशत सहभागीता देखिएको बताउदै कार्यकारी पदमा महिलाहरु पुग्न नसकेको बताईन।
उनले अरुलाइ बदल्नु भन्दा आफैलाइ बदल्नु ठुलोकुरा रहेको बताउदै आफै बदलिएपछि संसार बदलिने बताईन। अहिले धर्म निरिपेक्ष राष्ट्र भएको अवस्थामा पनि मुस्लिम तथा मधेसी समुदायमा महिलाहरु खुलेर बाहिर आउन सक्ने अवस्था नरहेको बताईन।
ब्यवस्था परिवर्तनको लागि आन्दोलन गरेको स्मरण गर्दैअवस्था परिवर्तन नभएको बताउदै मन्त्री केसीले लैङ्िगक रुपमा महिलाहरू हेपिएको बताईन।
यस किसिमका कार्यहरु राज्यले गर्नुपर्ने भएपनी एउटा सस्थाले गरेको बताउदै लुम्बिनी प्रदेश सरकारले आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गरिन।
हिंसा घरभित्रबाटै जानी नजानी भएको बताउदै उनले हरेक आमाहरूले छोरा र छोरिलाई कामको विभेद अन्त्य गर्नुपर्नेमा जोड दिइन।उनले महिलाहरुले पनि पैत्रिक सम्पती पाउनुपर्ने बताउदै यसको विषयमा आवाज उठाउन आग्रह समेत गरिन।
कार्यक्रममा बोल्दै आभासाका केन्द्रिय अध्यक्ष नजुल खानले समानता,समावेशी र मानव अधिकार रक्षाको लागि यो सस्थाले काम गरिरहेको बताईन। उनले आसनमा महिला,भाषणमा महिला,शासनमा महिला पुर्याउनको लागि सस्थाले काम गरिरहेको बताइन।
कार्यक्रममा धनपात गापा उपप्रमुख लक्ष्मी बार्तौला, महिला बालबालिका मन्त्रालयका उपसचिव सारदा बस्याल,एसिड पिडित मुस्कान खातुन, आभासा लुम्बिनी प्रदेश अध्यक्ष रिता सेन, महिला आयोगको कार्यवाहक अध्यक्ष कृष्ण कुमारी पौडेल, महिला अधिकारकर्मी राधिका कार्की लगायतले बोलेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement