बुटवलका नगरप्रमुख पाण्डेयले मानवसेवा आश्रममा खाना खुवाएर मनाए जन्मदिन
बुटवल,५ फागुन । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आफ्नो जन्मदिन मानव सेवा आश्रममा मनाएका छन।
जन्मदिनको अवसरमा मानवसेवा आश्रम बुटवलमा पुगेर बृद्धहरुलाई खाना खुवाएर जन्मदिन मनाएका हुन।
जन्मदिनलाई आजभोली तडकभडक रुपमा मनाउने परम्परालाई तोडेर आश्रममा जन्मदिन मनाउने शैलीको बिकास गर्न लागेको उपमहानगर प्रमुख पाण्डेयको भनाई छ।
सरल जीवन नै उत्कृष्ट जीवन रहेको बताउदै उनले जनप्रतिनिधि र समाजका अगुवाहरुले गर्ने कार्यलाइ आम सर्वसाधारणले पनि अनुसरण गर्ने भएकोले सामाजिक कार्यमा सबैले सहयोग गर्नुपर्ने बताए।
स्याङ्जामा जन्मेर पनि बुटवलमा काम गर्दैगर्दा यहाका बासिन्दाले माया गरेर नगरप्रमुख सम्म बनाएको बताउदै उनले बुटवलको एक फरक पहिचान बनाउने प्रतिबद्धता समेत ब्यक्त गरे।
उनले बुटवल समृद्ध बनोस भन्ने कामना सहित काम गरिरहेको बताउदै शिक्षा स्वास्थ्यमा देशकै अग्रणी स्थानमा ल्याउनेगरी कामहरु भईरहेको बताए।
उनले मानवहरुको सेवाको भावनाले धेरै पहिलेदेखी काम गरिरहेको बताउदै उनले बुटवललाई देशकै उत्कृष्ट बनाउने योजना रहेको बताए।
उनले बुटवललाई सडक मानवमुक्त, छाडा चौपाया मुक्त, फोहोर ब्यवस्थापन युक्त बनाउने बताउदौ सबल आर्थिक केन्द्र समृद्ध क्षेत्र बनोस भन्ने चाहाना बोकेको बताए।
कार्यक्रममा प्रदेश सभा सदस्य जमुना ढकाल,नेपाली काङ्ग्रेसका नेताहरु फर्शुराम ढकाल,बालकुमारी भण्डारी, मानवसेवा आश्रमका लोकनाथ उपाध्याय लगायतले बोलेका थिए।कार्यक्रममा आश्रमका ब्यवस्थापक, नगरप्रमुख पाण्डेय श्रीमती सीता भट्टराई पाण्डेय, छोरा अभिषेक पाण्डेयलगायत विभिन्न समाजसेवीहरुको सहभागीता रहेको थियो। आश्रममा करिब ५० जना वृद्धहरु आश्रीत रहेका छन।
लेखकको सम्वन्धमा