चर्चामा

राष्ट्रिय बेटि सम्मेलनमा १६ जना सम्मानित

राष्ट्रिय बेटि सम्मेलनमा १६ जना सम्मानित
0 0
Read Time:2 Minute, 2 Second

बुटवल, ५ फागुन । बुटवलमा सम्पन्न भएको पाचौं ऐतिहासिक राष्ट्रिय बेटि सम्मेलन २०७९ मार्फत १६ जना सम्मानित भएका छन।

Advertisement

मुलधार महिला सेवा केन्द्र,आसनमा महिला,भाषणमा महिला,शासनमा महिला (आभासा) राष्ट्रिय अभियान नेपालको आयोजनामा राष्ट्रिय बेटि सम्मेलन मार्फत सामाजिक कार्य गर्दै आएका १६ जनालाइ सम्मान गरिएको हो।

आभासाका केन्द्रिय अध्यक्ष नजबुल खानले १६ जनालाइ सम्मान गरिएको जानकारी दिइन।

उनका अनुसार प्रतिनिधि सभा उप सभामुख ईन्दिरा राना, लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी,समाजसेवी एबम् राजनितीकर्मी गाेमा के सी, साजिदा सिद्धकि, लुम्बिनी प्रदेश महिला बालबालिका मन्त्रालयका उप सचिव सारदा बस्याल, सामाजिक अभियान्ता कबिता ईटनी, विजया के. सी., चित्रकार अरुणा हिङ्ममाङ ,स्वास्थकर्मी गौरी दत्त जाेशी, भुमि अधिकारकर्मी फुर्तीमान राई , पत्रकार लक्षी भन्डारी, अभियन्ता अनिता चौधरी, समाजसेवी छवीराज गिरि, अभियान्ताहरु रिता सेन, राधिका कार्की थापा,अमृता बराललाई सम्मानित गरिएको छ।

आभासाका केन्द्रिय अध्यक्ष खानले समानता,समावेशी र मानव अधिकार रक्षाको लागि यो सस्थाले काम गरिरहेको बताईन। उनले आसनमा महिला,भाषणमा महिला,शासनमा महिला पुर्याउनको लागि सस्थाले काम गरिरहेको बताइन।

यो पनि
पाचौं ऐतिहासिक राष्ट्रिय बेटि सम्मेलन बुटवलमा शुरु

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %