प्रदेश स्तरीय मानवीय समन्वय तथा भूकम्प प्रतिकार्य योजना तयारी कार्यशाला सम्पन्न
दाङ, १० फागुन। दाङमा प्रदेश स्तरीय मानवीय समन्वय तथा भूकम्प प्रतिकार्य योजना तयारी कार्यशाला सम्पन्न भएको छ।विपद् पूर्व तयारी परियोजना सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजनाको आयोजना तथा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका निमित्त सचिव यम बहादुर कुँवरको अध्यक्षतामा कार्यशाला गोष्ठी सम्पन्न भएको हो।
उक्त कार्यक्रममा स्वागत तथा कार्यक्रम माथि युनिसेफ नेपालका प्रतिनिधि सुवास ज्ञवालीले प्रकाश पारेका थिए भने उक्त कार्यक्रममा अर्थ मन्त्रालयका सचिव दीपकराज नेपालको प्रमुख आतिथ्यमा, गृह मन्त्रालयका प्रतिनिधि अनन्त न्यौपाने, एनडिआरआरएमए प्रतिनिधि प्रमेस सिवा, नेपालगन्ज उपमहानगरपालिकाका बिपद संयोजक समीर प्रताप सिंह, नेपाल रेडक्रस सोसाइटीका लुम्बिनीका महासचिव नवराज ढुगांनाले विपद्को बारेमा बोलेका थिए।
कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्रालयहरू भौतिक पूर्वाधार मन्त्रालयका निमित्त सचिव दामोदर सापकोटा, नेरेसो लुम्बिनीका अध्यक्ष, दाङ जिल्लाका नगरपालिका गाउँपालिका, ४ सुरक्षा निकायका प्रमुखहरू, उद्योग वाणिज्य महासघं पत्राकारहरु, प्रदेश तथा जिल्ला, विपद् फोकल ब्यक्ति, नेपालगन्ज उपमहानगरपालिकाका प्रतिनिधिहरु गैसस महासघ जिल्ला विपद् सँग सम्बन्धी सञ्चालन भएका सरोकारवालाहरू एनजिओ – आई एनजिओ प्रतिनिधि तथा प्रमुखहरूको सहभागिता रहेको थियो ।
सो समयमा प्रदेशमा रहेको सबै क्लष्टर बन्दो बस्ती, आवास ,खाद्य सुरक्षा, संरक्षण, शिक्षा , स्वास्थ्य, खानेपानी, समन्वय विषयगत क्षेत्रहरू जिम्मेवारी कोलिडहरुले आफूले गरेको गतिविधिहरू जिम्मेवारी अनुभव साटासाट सँगै प्रस्तुतीकरण तथा छलफल भएको थियो ।
छलफलमा प्रदेश स्तरीय मानवीय समन्वय तथा भूकम्प प्रतिकार्य योजना तयारी कार्यशाला मुख्य उद्देश्य सरकार र मानवीय देश टोलीले भूकम्पको आकस्मिक योजनामा प्रान्तहरूलाई सहयोग गर्दै आकस्मिक प्रतिकार्य समन्वयमा सुधार गर्नका लागि प्रदेशलाई भूकम्पको प्रतिकार्यमा राम्रोसँग तयारी गर्न सकिने सहभागीहरूले बताएका थिए।
आपत्कालीन प्रतिक्रियालाई सुदृढ पार्न र यसलाई थप अनुमानित र जबाफदेही बनाउन प्रक्रियालाई समर्थन गर्न परिष्कृत नेतृत्व (क्षेत्रगत सहित) र साझेदारी (निजी क्षेत्र, स्वयंसेवी संस्थाहरू, अन्यहरू बिच समन्वय तथा सहकार्य) र प्रादेशिक विपद् पूर्व तयारी र प्रतिक्रिया योजना/ढाँचाको मस्यौदा तयार गर्ने रहेको छ । सो कार्यशालामा यु एन मानवीय समन्वय अधिकृत प्रेम अवस्थीले सहजीकरण गरेका थिए।
उक्त कार्यक्रममा सूचना व्यवस्थापन अधिकृत राज कुमार घिमिरेले सञ्चालन गरेका थिए। कार्यशालामा ७० जनाको सहभागिता रहेको थियो ।कार्यशाला आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय र संघीयस्तरमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय, युएनडिपी, युनिसेफ, यूएनवुमनको नेतृत्व, नेपाल रेडक्रस सोसाइटी, सि डि एम नेपाल ईयुईसिएचओको आर्थिक सहयोगमा सञ्चालन भएको थियो।
लेखकको सम्वन्धमा