वैचारिक गुटको खाडलमा नेविसंघ
नारायण घिमिरे “भावुक”
विश्व इतिहासलाई हेर्दा पनि हरेक देशमा सत्ता परिवर्तन र विकासको सूचाङ्क बदल्ने समूह नै युवा हुन् । चाहे नेल्शन मण्डेला हुन् वा गान्धी हनु वा बिपी कोइराला उनीहरूकै युवा शक्तिको नेतृत्वले आफ्नो राष्ट्रको राजनीतिक परिवर्तन सफल भएका थिए । नेपाली कांग्रेस यो मुलुकको सबैभन्दा जेठो प्रजातान्त्रिक दल मानिन्छ । तर तुलनात्मक हिसाबमा अन्य दलमा भन्दा यसमा युवाहरूलाई भूमिका प्रदान गर्नुको सट्टा युवा कै बलमा पाका नेताहरू अगाडि बढिरहने प्रवृत्ति अझै पनि हाबी छ।
नेपाल विद्यार्थी संघ नेपाली काङ्ग्रेसको एक भातृ संगठन हो । जसले विद्यार्थी जीवन बाट नै राजनैतिक संघर्षको मैदान खडा गरिदिएको छ । नेपाली काङ्ग्रेसमा नेतृत्व विकासको नर्सरी नेविसंघको राजनैतिक पृष्ठभुमि भएको इतिहासले देखाएको छ । जब नर्सरीमा नै तुसारो पर्छ, जब नर्सरिमा नै कृषकको ताण्डव नृत्यु चल्छ, जब नर्सरिमा आगो लाग्छ तब नर्सरिको विरुवाको स्वरुप कस्तो रहन्छ अन्ततः सिंगो कृषि खेतिको प्रतिफल कस्तो निस्कन्छ भन्ने हेक्का नराख्दा अहिले सिंगो पार्टिमा नै तुसारो परेको अवस्था छर्लङ्ग छ । शंकाको विषय नेविसंघ बाट उत्पादित नेतृत्वले पुस्तान्तरणको अभियान सहित जमानतको जफत गर्छन कि भन्ने डरले पार्टी बाट नै नेविसंघ प्रती गम्भिरता नदेखिनु दुर्भाग्यपूर्ण अवस्थ हो । त्यतिमात्रै होइन, वैचारिक गुट र नेतृत्व अंहकारको कारण नेविसंघमा नयाँ बीउहरु मकारलिएको अवस्था ताजा छ ।
लोकतान्त्रिक सिद्धान्तमा जन्मिएको नेपाली काङ्ग्रेस भित्र लोकतन्त्र धरापमा पर्नु, समाजवादको सिद्धान्तका विचमा सामाजिक न्यायीक कुरा लोप हुँदै जानू पार्टिको आन्तरिक गुणस्तरमा आगो लगाउनु जस्तै हो । नेतृत्वले आफ्नो घर/ संगठनलाई आगो लगाएर खरानिको व्यापार गर्दै, खरानिको टीका लगाउदै र थाप्दै गर्दा विपि कोइरालाको आत्माले अशान्ती पाउला भन्ने हेक्का समेत राख्न नसक्दा पार्टि भित्र कतै वैचारिक गुट र कतै चाकडिवादका गुटहरु छरपस्ट भएका छन् । मुख्यतः संस्थापन पक्ष र संस्थापन इतर पक्ष बिच पार्टिको मुल संगठनमा मात्रै होइन् नेतृत्वको उद्गम स्थल नेविसंघ समेत खाडलमा फसेको छ । जहाँ आन्तरिक वैचारिक द्वन्द प्रतिपक्षी दल सँग भन्दा पनि तिव्र रहेको घटनाक्रमले देखाएको छ । नेविसंघ भित्र महाधिवेशनमा निमित्त संस्थापन पक्ष द्वारा पटक पटक तदर्थ नेतृत्व चुनिएपनी महाधिवेशन भने हुनसकेको छैन् । २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री भएका संस्थापन पक्ष सहित नेपाली काङ्ग्रेसको विद्यमान नेतृत्व गरेका पटकौ पटक देशको प्रधानमन्त्री जिम्मेवारी निर्वाह गरेका शेर बहादुर देउवा द्वारा संगठन भित्र आफ्नोपन र आफ्नो गोरुको बाह्रै टक्काले गर्दा पछिल्लो समय संगठन भित्र विचारका प्रश्नहरु निरन्तर खडा भइरहेका छन् ।
नेपाली काङ्ग्रेसको सिद्धान्त लोकतान्त्रिक भएपनी नेविसंघ र तरुण दलमा अहिले कम्युनिस्ट शैली बाट मनोनित र टिकाको भरमा जसरी नेतृत्व टेकाइएको छ, यो विषयमा लोकतान्त्रिक सिद्धान्तको संरक्षणका निम्ति एउटा विचार समूह जो संस्थापन इतर पक्ष भनेर चिनिन्छ जो ढाल बनेर आफ्नो छाती थापिरहेको देखिन्छ । बाध्यात्मक आन्तरिक संघर्षको घटनाले गर्वमा रहेका नेतृत्वको मानसपटलमा पीडा बोध गराइरहेको छ भने दुई समुहको प्रतिस्पर्धा प्रतिपक्षी दल सँग भन्दा बढेको छ । जनमतमा नेपाली काङ्ग्रेस शक्तिशाली पार्टी रहेको विश्लेषण कम्युनिस्ट आफै गर्दछन्, तर कम्युनिस्टको कम्पनी पार्टिको एकता र लोकतान्त्रिक पार्टी भित्र नेतृत्वको मनमुटाव र अनेकताले भाइ फुटे गवार लुटे जस्तै सत्ता समीकरणमा कम्युनिस्टले सहज गोल ठोकेका छन् । संगठन व्यक्ती बाट होइन विधि बाट चल्नुपर्छ, जहाँ सिद्धान्तको अवलम्बन अपरिहार्य छ । नत्र भने नारामा मात्र सिद्धान्त गुन्जाउनु निरर्थक छ ।
पुन: नेपाल विद्यार्थी संघको महाधिवेशनका लागि केन्द्रिय अध्यक्ष दुजाङ शेर्पालाइ प्रतिनिधि सभा सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३ महिना भित्र महाधिवेशन गराउनेगरी जिम्मेवारी पार्टी सभापति शेर बहादुर देउवा द्वारा दिइयो, जसको समयावधि अब करिब पन्ध्र दिन भन्दा कम रहेको छ भने तदर्थले पनि मनोनीत कै भरमा तदर्थ जन्माउँदै छ । यसरी लोकतान्त्रिक सिद्धान्त माथी सरासर वाण हान्ने कामले एक तर्फ वैचारिक समूह बाध्यात्मक अवस्था बाट समानान्तरको विकल्प देख्दैन, यद्यपि संगठन बचाउने कि बनाउने भन्ने अन्यौलको खाडलमा नेविसंघका नर्सरी विद्यार्थीहरु परेका छन् । हुन त मकै रोपेर धान कहाँ फल्थ्यो र !
हुन त लोकतान्त्रिक पार्टी भित्र वैचारिक समूह हुनु स्वाभाविक पनि हो । तर गर्विलो इतिहास रहेको पार्टिको लोकतान्त्रिक प्रणालिलाई नेतृत्व द्वारा कुल्चिनु र राष्ट्रियताको नारा गुन्जाउँदा एकतर्फी कार्यकर्तालाई पार्टी प्रती वितृष्णा जागी राष्ट्रमा रहन नै गर्व नगर्ने वातावरणले गर्विलो इतिहास रगतम्य वेदनाका ठेलिहरुमा सिमित रहने भय उत्तिकै छ । माउ पार्टिमा विचारसमुह एकाएक रहेपनी विचार समुहलाई गुट सम्झिएर ग्रास लेवलका कार्यकर्ता र नेविसंघ विद्यार्थीलाई खाडलमा राख्नाले नया नेतृत्व जन्मन र संगठनलाई हाँगा हाल्न अवश्य कठिन परि ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ । यद्यपि पनि वैचारिक समूह कि गुट अर्थात् लोकतान्त्रिक प्रणालिको रक्षा गर्ने वा संगठन नै उत्तानो पार्ने भन्ने प्रश्न समयको कथाले पटक पटक गरेको छ । सिद्धान्त संशोधन बिना कम्युनिस्ट बन्ने खोज्ने काङ्ग्रेस नेतृत्वलाई कहिले सम्म छुट दिने अर्थात् भातृ संगठनलाई लडाउने मात्रै हिम्मत कहिले सम्म राख्ने भन्ने प्रश्न विपिको आत्माले पनि पक्कै गर्नेछ ।
लेखकको सम्वन्धमा