चर्चामा

२०८० मा १७ वटा सार्वजनिक बिदा

२०८० मा १७ वटा सार्वजनिक बिदा
0 0
Read Time:2 Minute, 15 Second

बुटवल । २०८० सालमा १७ वटा पर्वमा मुलुकभर बिदा दिने भएको छ। नया क्यालेन्डर प्रकाशन भएअनुसार संघीय सरकारले मात्रै १७ वटा सार्वजनिक बिदा हुनेछन। भने ५२ शनिबार हुनेछन।

यी दिनमा हुनेछन बिदा
सरकारले वैशाख १ गते नया वर्ष,वैशाख १८ मा विश्व मजदुर दिवस, उधौली पर्व (चण्डी पूर्णिमा–वैशाख २२),बुद्ध जयन्तीका दिन वैशाख २२,जेठ १५ मा गणतन्त्र दिवस, रक्षा बन्धन (भदौ १४), श्रीकृष्ण,जन्माष्टमी (भदौ २०) गते बिदा दिनेछ।
यस्तै असोज ३ मा संविधान दिवस (राष्ट्रिय दिवस), घटस्थापना (असोज २८), दसैं बिदा (कात्तिक ४ देखि ९), तिहार बिदा (कात्तिक २६ देखि ३०), छठ पर्व (मंसिर ३),क्रिसमस डे (पुस ९), उँधौली पर्व, योमरी पुन्ही (ज्यापू दिवस) तथा धान्य पूर्णिमा (पुस १०)मा बिदा दिइनेछ।
पुस १५ मा तमु ल्होसार, पुस २७ मा राष्ट्रिय एकता दिवस, माघ १ मा माघी पर्व (माघे संक्रान्ति), माघ २७ मा सोनम ल्होसार,फागुन १ मा जनयुद्ध दिवस, फागुन ७ मा राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन २५ मा अन्तर्राष्ट्रिय महिला दिवस, फागुन २५ मा महाशिवरात्रि, फागुन २८ मा ग्याल्पो ल्होसार, इस्लाम धर्मावलम्बीको इदउल फित्र र बकर इदचैत ११ मा हिमाली र पहाडी तथा चैत १२ मा तराई/मधेसमा होली पर्वको बिदा ।
अन्य स्थानीय तह र प्रदेश सरकारले दिने स्थानीय बिदा पनि आफ्नो कार्यक्षेत्र भित्र मन्य हुनेछन। लुम्बिनी प्रदेश सरकारले ८ वटा सार्वजनिक बिदा दिदै आएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %

Advertisement