लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने
Read Time:46 Second
बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक यही फागुन १७ गते बस्ने भएको छ ।
झण्डै एक महिनापछि सभामुखको निर्देशनअनुसार बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।
प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक बुधबार दिउँसो १ बस्नेछ ।
लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ ।
यसअघि, प्रदेशसभाको बैठक गत माघ २० गते बसेको थियो ।
लेखकको सम्वन्धमा