लुम्बिनी साँस्कृतिक नगरको नगरसभाबाट समृद्ध नगर बनाउन साझा संकल्प
बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको दशौँ नगर सभा आज सम्पन्न भएको छ । सभाले हाल सम्म भएको प्रगति प्रतिबेदन पेश गरेको छ । चालू आर्थिक बर्षमा छुटाएको कुल बजेट मध्ये हाल सम्म पुँजीगत र चालू तर्फ खर्च भएको सार्बजनिक गरिएको छ ।
शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन क्षेत्रको बिकास संगै नीति निर्माण,योजना संशोधन,योजना कार्यान्वयन सहित पालिकालाई समृद्धि बनाउने तर्फ केन्द्रित भएको प्रस्तुत प्रतिवेदन मार्फत नगरपालिकाका मेयर सजरुद्धीन मुसलनमानले बताएका छ्न ।
पर्यटन क्षेत्र संगै भौतिक पुर्बाधारका कामले निरन्तरता पाएको जिकिर गर्दै चुनावको बेला बाचा गरेका योजनाले मुर्त रुप लिने मेयर मुसनलमानले बताए । मेयर मुसलनमानले पालिकालाई नमुना पालिका बनाउन सबैको सहयोग र साथ आबस्यक रहेको उल्लेख गरे ।
समृद्ध नगरपालिका बनाउन जनप्रतिनिधी,कर्मचारी र स्थानीयहरुको सहयोग र साथ आवश्यक रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेले बताए ।
साना तथा ठुलो गौरवको आयोजनालाई पुणर्ता दिन नगर लागी परेको बताउदै केही योजनालाई संशोधन गदै जाने बताए ।कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजन,वडा न.१ देखि १३ सम्मका जनप्रतिनिधिहरु,कर्मचारी सुरक्षाकर्मी तथा पत्रकारहरुको उपस्थिति सो सभा सम्पन्न भएको थियो ।
लेखकको सम्वन्धमा