जिल्लास्तरीय अन्तरमावि हाजिरी जवाफको उपाधी ज्योति मावि सुनवललाई
सुनवल । रमवापुर माध्यमिक विद्यालय सुनवलको आयोजनामा सप्पन्न जिल्लास्तरीय अन्तर-माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगितामा श्री ज्योति माध्यमिक विद्यालय सुनवल प्रथम स्थान हासिल गरेको छ।
प्रतियोगिताको द्वितीय स्थान रामनगर एकेडेमीले प्राप्त गरेको छ भने तृतीय स्थान धान्याञ्चल माध्यमिक बिधालयले प्राप्त गरेको छ । प्रथम पुरस्कारको नगद तथा मेडल एनएमबि बैंक लिमिटेड सुनवल शाखाले गरेको थियो । अन्य पुरस्कारहरुको ब्यवस्थापन भैरव हार्डवेयर एन्ड मल्टी सप्ल्यार्स, किशोर पुस्तक पसल, केसी फोटो स्टुडियो, राजेन्द्र डिजिटल आर्ट , मेहेदी टेन्ट हाउस गरेका थिए । प्रतियोगितामा जिल्लाका १९ माध्यमिक विद्यालयको सहभागीता थियो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय खड्ग बस्नेतले बिजेताहरुलाइ पुरस्कार, मेडल तथा नगद प्रदान गर्नुभएको थियो । उहाँले शिक्षा नै जीवनको सफलताको अन्तिम कडि हो, आफ्नो क्षेत्रको शैक्षिक उन्ननयनका लागि योजनाबद्ध ढङ्गले लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्ता अन्तर विद्यालय स्तरीय कार्यक्रमले जिल्ला भित्रका विद्यालय बीच शैक्षिक गुणस्तरको लागि प्रतिस्पर्धा हुने र अर्को तर्फ शैक्षिक सस्थाबिच दिगो सम्बन्ध स्थापित हुने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक फान प्रसाद श्रेष्ठले विद्यालयले विभिन्न रचनात्मक एवं सिर्जनशील शैक्षिक कार्यक्रमको माध्यमबाट विद्यार्थीहरूलाई सक्षम बनाउदै लैजान आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु आयोजना गर्न सकृय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा दाउन्नेदेवी मावि बर्दघाटका शिक्षक भोजराज चापागाई, विद्यालय व्यवस्थापन समिती सदस्य तारा बहादुर बरालले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक फान प्रसाद श्रेष्ठको अध्यक्षता, विद्यालयका गणित शिक्षक मनिष ज्ञवालीको संयोजन, शिक्षक प्रतिनिधि शंकरमणी पाण्डेयको स्वागत, विद्यालयका विज्ञान शिक्षक विजय क्षेत्रीको हाजिर जवाफ संचालन तथा सहायक प्रधानाध्यापक राजकिरण अर्यालको उद्घोषणमा सम्पन्न गर्नुभएको थियो ।
लेखकको सम्वन्धमा