चर्चामा

आज ४१ औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाईदै

आज ४१ औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाईदै
0 0
Read Time:1 Minute, 36 Second

बुटवल । आदिवासी जनजाति समुदाय अन्तर्गत रहेका देशैभरका मगर समूह, संघ संस्थाले आज ४१ औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् ।

Advertisement

मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।

मगर जातिको अधिकार र अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको सम्झन अर्थात् नेपाल मगर संघको स्थापनाको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाईदै आएको छ ।

मगर बाहुल्यता रहेको विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शन लगायत विभिन्न कार्यक्रमहरु हुँदैछन् । नेपाल मगर संघ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्दै छन् ।

मगर दिवसको अवसरमा रुपन्देहीको बुटवल उपमहानगरपालिका, तोलोत्तमा नगरपालिका, सियारी गाउँपालिका तथा अर्घाखाँची र गुल्मीका केही पालिकाले स्थानीय बिदा समेत दिएका छन।

यो पनि पढ्नुहोस
सोमबार बुटवलमा स्थानीय बिदा

मगर दिवसमा तिलोत्तमा नगरपालिकाले दियो स्थानीय बिदा

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %