चर्चामा

आज लुम्बिनी प्रदेशले स्थापना दिवस मनाउँदै, प्रदेशभर सार्वजनिक बिदा

आज लुम्बिनी प्रदेशले स्थापना दिवस मनाउँदै, प्रदेशभर सार्वजनिक बिदा
0 0
Read Time:2 Minute, 9 Second

बुटवल । लुम्बिनी प्रदेश सरकारले आज प्रदेश स्थापना दिवस मनाउँदै छ । प्रदेश स्थापना दिवस मनाउने निणर्य गर्दै सरकारले विभिन्न कार्यक्रम गर्दै आज स्थापना दिवस मनाउने र सार्वजनिक विदा दिने निणर्य गरेको हो ।

Advertisement

प्रदेशसभाको निर्वाचन भएर २०७४ साल माघ २१ गते पहिलो बैठक बसेको दिनलाई आधार मानेर लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशको स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । यसवर्ष पनि दिवसका सन्दर्भमा विभिन्न कार्यक्रमहरू हुँदैछन् ।

गृह मन्त्रालय र प्रदेश खेलकूद परिषद्को संयुक्त आयोजनामा आज बिहान ८ बजेदेखि राजधानी राप्ती उपत्यकाको भालुवाङ देखि देउखुरी प्रशासनिक परिसरसम्म ५ किलोमिटरको दौड प्रतियोगिता आयोजना समेत आयोजना गरिएको छ ।

१२ जिल्लाका स्थानीय तहलाई आफ्नो पहिचानसहित विभिन्न कला, संस्कृति र भेषभुषासहित झाँकी प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । यस्तै लुम्बिनी प्रदेशको आर्थिक विकासमा कलम चलाएका १३ जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिने मन्त्रालयका प्रवक्ता खिमानन्द ज्ञवालीले बताउनुभयो ।

१२ जिल्ला मध्येबाट एक जनालाई १ लाख राशी सहितका अग्रज सञ्चारकर्मी सम्मान र १२ जनालाई ५० हजार रुपैयाँको राशीमा सृजनशील सञ्चारकर्मीबाट सम्मान गर्ने कार्यक्रम तय गरिएको छ । स्थापना देखिका पूर्वसांसदलाई प्रदेशसभाले लागो वितरण गर्ने, स्मारिका विमोचन गर्ने कार्यक्रम पनि रहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %