चर्चामा

नेविसंघ बुटवल बहुमुखी क्याम्पसद्वारा आयोजित सुपर सिक्स क्रीकेटमा बुटवल बहुमुखी बिजयी

नेविसंघ बुटवल बहुमुखी क्याम्पसद्वारा आयोजित सुपर सिक्स क्रीकेटमा बुटवल बहुमुखी बिजयी
0 0
Read Time:2 Minute, 42 Second

बुटवल । नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस इकाई समिती द्वारा आयोजित बिएमसि एनएसयु सुपर सिक्स क्रीकेट प्रतियोगितामा बुटवल बहुमुखी क्याम्पस बिजयी भएको छ।

Advertisement

प्रतियोगिता १९ टिम सहभागी खेल माघ २० गते र २१ गते बुटवल बहुमुखी क्याम्पसमा भएको थियो ।

प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न राममणी बहुमुखी क्याम्पस सफल भएको छ । प्रथम र द्दितिय विजेताले क्रमशः ३०,०००/- र १५,०००/- को नगद पुरस्कार प्राप्त गरेका छन् ।

लुम्बिनी प्रदेश सभा सदस्य एवं नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशकि सहमहामन्त्री माननीय निमा गिरिको प्रमुख आतिथ्यतामा माघ २१ गते पुरस्कार वितरण तथा समापन कार्यक्रम समेत सम्पन्न भएको छ ।
गिरिले क्रीकेट जस्तो महत्वपूर्ण खेललाई आयोजना गर्ने नेविसंघ बुटवल बहुमुखी क्याम्पस इकाई समितिलाई धन्यवाद व्यक्त गर्दै असल राजनैतिक संगठनकर्ताको बलियो उदाहरण दिएको बताईन ।

संगठनकर्ता बन्न संगठनका लागि संघर्ष गर्नुको विकल्प नरहेको बताउँदै नेता गिरिले लामो समयपछि सुमन गुरुङ नेतृत्वको नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस ईकाइ समिति सकृय रहेको समेत बताईन ।

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य राम बहादुर कार्की लगायतका पार्टिका नेताहरु, नेविसंघ रुपन्देही जिल्ला सभापति सम्शेर खड्का लगायतका नेविसंघका नेताहरुको उपस्थिति रहेको समापन कार्यक्रमको अध्यक्षता इकाई सभापति सुमन गुरुङले गरेका थिए भने संचालन इकाई उपसभापति नारायण घिमिरे भावुकले गरेका थिए ।

खेल व्यवस्थापनका लागि सचिव प्रयास आचार्य, कोषाध्यक्ष बिपिन्द्र पाण्डे, सहसचिव कृष्ण श्रेष्ठ, सहकोषाध्यक्ष अर्जुन भट्टराई र सदस्य माधव बेल्बासे गरि पाँच सदस्यीय उपसमिति रहेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %