दुर्वासा सहकारीको १४ औं वार्षिकोत्सबमा रक्तदान, २८ युनिट रगत संकलन
बुटवल । दुर्वाशा बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिकउत्सबको अबसरमा रक्तदान कार्यक्रम गरिएको छ। कार्यक्रममा २८ युनिट रगत संकलन भएको छ।
रक्त संचार केन्द्र बुटवलमा आयोजित रक्तदान कार्यक्रम संस्थाका अध्यक्ष ईश्वरी प्रशाद पोखरेलको अधक्ष्यता, रक्तदाता स्व्यमसेबीका अधक्ष्य कृष्ण चौहान क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी क्षेत्रीले रक्तदान जिवनदान भएको भन्दै सहकारी जस्ता सामाजिक संघ सस्थाले गर्ने नियमित रक्तदान कार्यक्रमले रगत अभाव नहुने बताए।
संस्थाका संचालक समिति सदस्य तथा कार्यक्रम संयोजक बिष्णु प्रसाद बेल्बासेलको स्वागत तथा सचिब राधिका पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा संस्थाका उपाध्यक्ष थनेश्वोर घिमिरे,सदस्य हरी प्रसाद घिमिरे लगायतले रगत र रक्तदानको महत्वको बारेमा बताएका थिए।
लेखकको सम्वन्धमा