एनएमबि बैंक कुडिया शाखाद्वारा पाँच बिद्यालयलाई ‘वाटर डिस्पेंसर’ सहयोग
अर्जुन ज्ञवाली/नवलपरासी । जिल्लाको सुस्ता गाउपालिका कुडियामा रहेको एनएमबि बैंकको शाखा कार्यालयले स्थानिय पाँच बिद्यालयलाई वाटर डिस्पेंसर सहयोग गरेको छ।
गापा अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि सामाग्री हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बोल्दै गापा अध्यक्ष उपाध्यायले बैंकले सुस्ताका जनतालाई उत्कृष्ट बैंकिङ सेवा संगै सामाजिक उत्तरदायित्व अन्तरगत समस्या समाधानकाकामहरु गर्दै आईरहेको बताए। उनले बालबालिकाहरु रहने विद्यालयमा शुद्ध खानेपानीको प्रवन्ध मिलाउन गरेको सहयोग प्रशम्सनीय रहको बताए।
कार्यक्रममा बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीले बैंकले सुस्ता गाउपालिकाका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको स्वास्थलाइ ध्यानमा राखि स्वच्छ पिउनेपानी उपलब्ध गराउने उदेश्यले वाटर डिस्पेन्सर हस्तान्तरण गर्न पाउदा खुशी व्यक्त गरे।
उनले बिगत देखि सामाजिक उत्तरदायित्व अन्तरगत एनएमबि बैंकले समय-समयमा विभित्र ठाउँमा महत्त्वपूर्ण सहयोग गर्दै आइरहेको बताउदै आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाइ अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे।
सुस्ता गाउपालिकाका उपाध्यक्ष गिता चौधरीले बैंकले बिगत देखि सर्हानिय सेवा दिदै आइरहेको र अब साना तथा मझौला उद्यमी महिला तथा पुरुषलाई उद्यम, व्यवसाय कर्जा थप सहजीकरण गरिदिन आग्रह गरे।
गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत हुमलाल भुसालले बैंकले यसअघि पनि कम्प्युटर र प्रीन्टर सहयोग गरेको स्मरण गर्दै निरन्तर सहयोगको लागि हार्दिक कृतज्ञता व्यक्त गरे।
कार्यक्रममा महेन्द्र मावि कुडिया सुस्ताका प्राचार्य सुनिल पन्थी, राष्ट्रिय मावि छिवनी सुस्ताका प्राचार्य अर्जुन प्रसाद पाण्डे, सहिद बिष्णु पाण्डे स्मृति आधारभुत विद्यालय सुस्ताका प्राचार्य कमलेश गुप्ता, दिपक मावि पक्लिहवा सुस्ताका प्राचार्य सन्तोष कुमार उपाध्याय र विपि मावि बलिनगर पक्लिहवा सुस्ताका प्राचार्य योगेश चौधरीले डिस्पेंसर ग्रहण गरेका थिए।
कार्यक्रम एनएमबि बैंक लुम्बिनी प्रदेश क्षेत्र(एक)का बरिस्ठ क्षेत्रीय प्रबन्धक मेघराज तिमिल्सिनाले संचालन गरेका थिए।
बैंकको सहयोगबाट साढे ३ हजार बालबालिका लाभान्वित हुने बैंक कुडिया सुस्ता शाखा प्रबन्धक कुलप्रसाद गौतमले जानकारी दिए।
लेखकको सम्वन्धमा