ईप्रका बेलाटारीको सुबिधासम्पन्न भवन निर्माण ,डिआइजी कठायतले गरे उद्घाटन

ईप्रका बेलाटारीको सुबिधासम्पन्न भवन निर्माण ,डिआइजी कठायतले गरे उद्घाटन
0 0
Read Time:3 Minute, 11 Second

नवलपरासी । ईलाका प्रहरी कार्यालय बेलाटारी नवलपरासी बर्दघाट सुस्ता पश्चिमको नव निर्मित भवनहरुको उद्घाटन गरिएको छ। बुधबार एक कार्यक्रमका बिच नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कठायतले नवनिर्मित भवनहरुको उद्घाटन गरेका हुन।
प्रतापपुर गाउँपालिका वडा नम्बर ९ मा अवस्थित भवनको उद्घाटन गर्दै प्रहरी नायब महानिरीक्षक कठायतले शान्ति शुरक्षाको सवालमा स्थानीय संग सहकार्य गर्न तयार रहेको बताएका छन।

Advertisement

उनले भौतिक संरचनाको अभावमा सेवा प्रवाह समेत प्रभावकारी नहुने अवस्थामा आवश्यकता अनुसारको भवन बनाउन सहयोग गरेकोमा प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गरे।

गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादबले यस क्षेत्र भारतीय सिमा नाका संग जोडिएको यहाँ सुरक्षा चुनौती बढी रहेको अवस्थमा सुबिधासम्पन्न भवन निर्माण हुनु निकै खुसिको कुरा रहेको बताउदै यहाँका जनताका अपेक्षा अनुसारका कामहरु गरिदिन आग्रह गरे।

कार्यक्रमम प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले पूर्वाधार र आवश्यक उपकरण भएमा सहज तरिकाले जनतालाई सेवा दिन सकिने उल्लेख गरे।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय भौतिक पूर्वाधार शाखा प्रमुख ई रोशन सारुले लुम्बिनी प्रदेश सरकारको ३ करोड ३१ लाख ७१ हजार बढिको लगानीमा साढे दुई तल्लाको कार्यालय तथा ब्यारेक, भान्सा घर र स्नान घर निर्माण भएको जानकारी दिए।

उनले काभ्रेको क्षितिज निर्माण सेवा प्रालीले २०७९ असोज ११ गतेबाट निर्माण शुरु भएको भवन निर्माण कार्य २०८० पुस ११ गते निर्माण सम्पन्न भएको जानकारी दिए।

ईप्रकामा ३३ प्रहरी दरबन्दी भएपनि प्रहरी निरीक्षकको नेतृत्वमा ५ जना महिला प्रहरी सहित ३५ प्रहरी कार्यरत रहेको प्रहरी सहायक निरीक्षक डिल्ली राज ढकालले जानकारी दिए।

उनले पुरानो भवन रहेको स्थानमा नया भवन बनेको बताउदै यो अवधीमा भाडामा कार्यालय सञ्चालन रहेको र बिहिवारदेखि नयाँ कार्यालयबाट सेवा प्रवाह हुने जानकारी दिए।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख काजी कुमार आचार्य, प्रहरी निरीक्षक रेशम बोहरा, प्रकाश भुसाल लगायतले बोलेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %