आन्तरिक पर्यटन प्रवर्द्धन गर्न बुटवलबाट पुगे अर्घाखाँचीका पर्यटकिय स्थलमा, रक गार्डेनले तान्यो ध्यान

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न बुटवलबाट पुगे अर्घाखाँचीका पर्यटकिय स्थलमा, रक गार्डेनले तान्यो ध्यान
0 0
Read Time:2 Minute, 10 Second

अर्घाखाँची । आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्नको लागि एक जिल्लाबाट अर्को जिल्लामा पूग्ने क्रम बढेको छ।

Advertisement

रुपन्देहीका विभिन्न क्षेत्रमा काम गर्ने ब्यक्तिहरुको समूह अर्घाखाँचीको प्रसिद्ध धार्मिकस्थल सुपा देउराली मन्दिर, रक गार्डेन, अर्घा मन्दिरमा पूगेर अवलोकन भ्रमण एव प्रचार प्रसार गरेका हुन।

पूर्व जनस्वास्थ्य अधिकृत बैकुण्ठ जिसि, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सामाजिक ईकाई प्रमुख नेत्र आचार्य, अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्य, सन्धिखर्क नगरपालिका ८ का अध्यक्ष हुम प्रसाद बञ्जाडे, सन्धिखर्क ११ का पूर्व वडा अध्यक्ष ध्रुब राज आचार्य लगायतको समुहले जिल्लाका विभिन्न स्थानमा पुगेर आन्तरिक पर्यटन प्रवर्द्धन गरेका हुन।

अर्घाखाँचीको नयाँ पर्यटकीय स्थलको रुपमा पहिचान बनाएको रक गार्डेनले पर्यटकको ध्यान खिचेको र यहि हेर्नको लागि बुटवलबाट अर्घाखाँची पुगेको पूर्व जनस्वास्थ्य अधिकृत जिसिले बताए।

सन्धिखर्क नगरपालिका ११ मा रहेको रक गार्डेनलाई आफू वडा अध्यक्ष हुदा पालिकाबाट बजेट बिनियोजन गरेर यसको प्रवर्द्धन र प्रचार प्रसार गर्नको लागि काम गरेको पूर्व वडा अध्यक्ष ध्रुब राज आचार्यले बताए।

यहाँ पिकनिक स्पट,प्याराग्लाईडिङ संभावना र दृश्यावलोकन लगायतका लागि पर्यटकहरु आउने गरेका छन।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %